तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।

लिस्बन पोर्तुगल : तामाङ समाज पोर्चुगलको बिशेष पहल एबम सहयोग साथै यसै संस्थाका अध्यक्ष सुजन लामा तामाङको समन्वयमा विगत ४ बर्ष देखि पोर्तुगलमा बस्दै आउनु भएका मस्तिष्क क्यान्सरबाट पीडित २९ बर्षिय सुश्री बिमला पाख्रिन तामाङलाई ०३ मार्च २०२३ का दिन टर्किस एयरलाइन्स लिस्बोन – इस्तानबुल हुदै काठमान्डौ नेपाल पठाएको छ |
उनी केहि महिना अघिदेखि HOSPITAL ESPIRITO SANTO-EVORA EPE हस्पिटल , इवोरा भर्ना भई मस्तिष्क क्यान्सरको उपचार गराईरहेका थिए |
परिवारको चाहाना र बिरामीको अनुरोध पत्र बमोजिम उनीलाई श्रीमान संजिव तामाङ र भाइ दिप तामाङको साथमा नेपाल पठाएको तामाङ समाज पोर्तुगल अध्यक्ष सुजन लामा तामाङले जानकारी दिनु भएको छ |
बिरामी परिवारको अनुरोधमा बिमला तामाङलाई नेपाल पठाउन र थप उपचारको लागि आर्थिक सहयोग गर्न तामाङ समाज पोर्तुगललाई अनुरोध गरिए बमोजिम तामाङ समाज पोर्तुगलले यहाँस्थित संघसंस्थाहरुलाई सहयोगको लागि अपिल गरिएको र त्यसअनुसार तामाङ समाज पोर्तुगलका अध्यक्ष सुजन लामा तामाङ संयोजकत्वमा पोर्तुगलमा रहेका संस्थाहरु नारी समाज पोर्तुगल , महिला समाज पोर्तुगल , लमजुङ्ग समाज पोर्तुगल , नेपाल आदिवासी जनजाती महासंघ पोर्तुगल ,व्यवसायीहरु लगायत फिनल्याण्ड ,अस्ट्रेलिया , नर्वे सहित पोर्तुगलमा रहनुभएका नेपाली सहयोगी मनका धनि दाजुभाइ तथा दिदीबहिनीहरुले आर्थिक सहयोग प्रदान गरेका थिए |
पोर्तुगलमा रहेका जो सुकै नेपालीहरुलाई भैपरि आउने समस्याहरुमा मदत गर्न सदैब लागिरहने र बिरामी बिमला तामाङको थप उपचार र स्वास्थ्य लाभको काममा सहित सहयोगीदाताहरुलाई तामाङ समाज पोर्तुगलले हार्दिक धन्यवाद व्यक्त गरेको छ |
सहयोगदाताहरुको नामावली सहित आर्थिक बिवरण :