रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।
फुर्साङ लामा -रोमानिया,
रोमानिया का लागि अवैतनिक बाणिज्यदुत ( नबराज पोखरेल ) को पहलमा बन्दीपुर गाउपालिका 6 बघाल तनहु स्थाई बसोबास भएका खोबेन्द्र गुरुङ को पार्थिब शरीर २३/०२/२०२३ का दिन नेपाल पुर्याएका छन्। गुरुङ को 8 /02 /2023 का दिन ब्लड क्यान्सर द्वारा निधन भएका थिए। मृतक को परिवार को लागि रोमानिया मा रहेका विभिन्न संघ सस्था ले आर्थिक संगकलन गरेका छन्। पोखरेल का अनुसार, नेपाली समाज रोमानिया बाट रु पचास हजार, नेपाल तामाङ घेदुङ रोमानिया बाट रु पचास हजार, तमु समाज रोमानिया बाट रु एक लाख, शेर्पा किदुक रोमानिया बाट रु पचास हजार मृतक का परिवार लाई रकम हस्तान्तरण गरेका छन्।