
राहदानी नवीकरण कार्यक्रममा नेपाली राजदूतावास जर्मनीबाट प्रेम बहादुर भण्डारी लाई प्रतिनिधि को रुपमा पठाएका थिए। साथमा विभिन्न संघ संस्थाका प्रतिनिधिसँगै त्यहाँ रहेका नेपालीहरुले पनि स्वयम् सेवकको भूमिका निर्वाह गरेका छन्। करिब ३५३ जना नेपालीले बिद्धुतिय राहदानी नबिकरण को लागि आबेदन दिएका छन।

आफ्नो राहदानीको मिति सकिन लागेको र नयाँ नवीकरणका लागि नेपाल गइरहनु नपर्ने र प्रबास मै विद्युतीय राहदानी लिन पाएपछि यहाँ रहेका नेपालीहरु खुसी रहेको र आवेदन गरेको ३५ देखि ४५ दिनमा ई पासपोर्ट आउने आयोजक खगेन्द्र अधिकारीले बताउ छन्।

लामो समयसम्म प्रयोगमा रहेको हस्त लेखित राहदानी लाई विस्थापित गरेर एम.आर.पी.लागू गरेको राहदानी विभागले त्यसको झन्डै १२ वर्षपछि ई–पासपोर्ट प्रयोगमा ल्याएको हो।
अब विभागले दिने विद्युतीय राहदानीमा सम्बन्धित व्यक्तिका सम्पूर्ण विवरणहरू समाविष्ट हुने भएकाले एमआरपीको तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित रहेको बताइएको छ । ई–पासपोर्ट बनाउन नेपालमा विद्युतीय राहदानी लिनका लागि सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य रहेको राहदानी विभागले जनाएको छ । राष्ट्रिय परिचयपत्रमा जुन विवरणहरू हुन्छ त्यसको प्रमाणिकरण ई–पासपोर्टमा हुन्छ। विदेशमा भएका कारण राष्ट्रिय परिचयपत्र बनाउन नसक्ने व्यक्तिको हकमा भने एमआरपीलाई नै आधार मानिने विभागले जनाएको छ।
