हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

बुद्ध संग्रहालय बनाइने, एककरोड रुपैयाँ बजेट विनियोजन

देवदह (रुपन्देही) ; नवगठित देवदह नगरपालिका र देवदह उद्योग वाणिज्य संघको सयुक्त आयोजनामा यहाँ ऐतिहासिक तथा पुरातात्विक महत्वका संग्रहालय निर्माण कार्यक्रम अघि बढाएका छन् ।

बुद्धको जिवनीसँग सम्वन्धित स्थल भएकाले देवदह गाविस नगरपालिकामा गत वर्ष स्तरोन्नती भएसँगै यसलाई आध्यात्मिक क्षेत्र घोषणा गरिएको छ । पर्यटकीय क्षेत्रका रुपमा यसलाई प्रवद्र्धन गर्ने स्थानीयको अठोट छ ।

प्रबद्र्धनको क्रममा फागुन १८ देखि २९ गतेसम्म संचालित दोस्रो देवदह महोत्सवको अवसरमा आयोजित पर्यटन प्रबद्र्धनकालागि रणनीति निर्माण विषयक गोष्ठीमा संग्रहालय निर्माण कार्यक्रमको घोषणा गरियो । यसकालागि नगरपालिकाले एककरोड रुपैयाँ बजेट विनियोजन गरेको देवदह उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका संयोजक गोपाल ढकालले बताए । गुरुयोजना बनाएर काम गरिने उनको भनाई छ ।

देवदह नगर क्षेत्र बुद्धको मावली स्थल हो या होइन भन्ने पत्ता लगाउन पुरातत्व विभागले गत ३ वर्षसम्म लगातार यहाँको कन्यामाई, वैरीमाई र भवानीपुरमा गरेको उत्खनन्बाट प्रप्त भएका सामग्रीहरु संग्रहालयमा संरक्षण गर्ने कार्यक्रम छ । साथै थप अनुसन्धानका लागि पुरातत्व विभागसँग आग्रह गरिने भएको छ ।

यो संग्रहालय पर्यटकको आकर्षणको केन्द्र बन्ने अपेक्षा लिइएको देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले बताए । गौतम बुद्धको जन्मस्थल लुम्विनीमा आउने स्वदेशी विदेशी पर्यटकलाई यहाँ आकर्षित गरी स्थानियको आर्थिक सशक्तिकरण गराउने कार्यक्रम तय भएको स्थानिय अगुवा भिम गुरुङले बताए ।

यहाँको बोटानिकल गार्डेन, गोल्डेन टेम्पल, बुद्धकालिन मानिएको विशाल पाँकरीको रुख आदि सम्पदाको पनि संरक्षण र प्रवद्र्धन गर्ने कार्यक्रम छ । पर्यटकलाई इच्छाईएको निजी घरमा बास बस्न दिने (होमस्टे) कार्यक्रम संचालन गरिने भएको छ । चुरेको काखमा रहेको रमणियस्थल तराई क्षेत्र भएपनि समशितोष्ण हावापानी भएकाले यो ठाउँ होमस्टेको लागि उपयुक्त मानिएको हो ।

सिरनपुरलाई थारु संस्कृति केन्द्र र सरनबारीलाई मगर संस्कृति केन्द्रको रुपमा प्रवद्र्धन गरी यहाँ होमस्टे कार्यक्रम लक्षित गरिएको छ । यसका लागि नगरपालिकाले पूर्वाधार निर्माणको काम अघि बढाएको र होमस्टे तालिम कार्यक्रम पनि तय गरिएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution