रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन
रोमानिया फुर्सङ लामा- रोमानिया को म्युनिसिपाल अस्पताल ओरादियामा उपचाररत रहेका नेपाल बन्दिपुर गाउँपलिका ६ बघाल तनहुँ स्थाई बसोबास भएका खोबेन्द्र गुरुङको दु:खद निधन भएको रोमानियामा रहेका नेपाली अवैतानिक बाणिज्यदुत नवराज पोख्रेलले जानकारी गराउनु भएकोछ ।
छ महिना अगाडि मात्र वैदेशिक रोजगार को सिलसिलामा अजीत्स म्यानेजमेन्ट एन्ड डिभेलपमेन्ट कम्पनी नामक मेनपावरबाट रोमानिया प्रवेश गरेका गुरुङ रोमानियामा मादरस जुद बिहोर , ४८३ मा भेजिटेबल प्याकिङमा कार्यरत रहेको खुलेको छ।गुरुड॰ ३५ दिन यता गम्भीर बिरामी भै अस्पातल भर्ना भएका,उपचारकै क्रममा मृत्यु भएको अस्पातलले जानकारी गराएको छ ।अस्पातल को स्रोत को अनुसार गुरुङ को ब्लड क्यान्सर (blood cancer)ले निधन भएको र उपचार कै क्रममा गत ८ तरिक बुधबार साँझ १०:३० मा निधन भएको छ।
।मृतकको एक छोरा , एक छोरी र श्रीमती रहेको र केही महीना अघिमात्र छोराको पनि मुटुको अप्रेसन भएको मृतकका आफन्त निरमल गुरुड॰ले जनकारी दिएको छ। परिवारलाई सुखी र खुशी राख्न धन कमाउने उदेश्यले बिदेसिएका गुरुङको दु:खद निधन भएको खबर ले परिवार स्तब्ध भएको छ र मुल अभिभावक गुमाउदा परिवारको बिचल्ली भएकोछ । परिवारले मृतकको शव नेपाल पठाउन यहाँ रहेका विभिन्न निकाय हरु संग अनुरोध गरेका छन भने यहाँ रेहेका रोजगारदाता र नेपालबाट मृतक लाई रोमानिया पठाउने मेनपावर एजेन्सीबाट मृतकले पाउनु पर्ने इन्स्योरेन्स र क्षतिपूर्ति दिलाइ दिन समेत पनि परिवारले अनुरोध गरेका छन ।
म्युनिसिपाल अस्पताल ओरादियामा नेपाली अवैतानिक बाणिज्यदुत नवराज पोख्रेल पुगेरा मृतक को शव जति सक्दो चाडो नेपाल पठाउन कानुनी र कागजी प्रक्रिया सुरु गरिसकेको जानकारी गरेको छ।