शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न

रोमानिया (फुर्सङ्ग लामा)-जनवरी २९ रोमानिया शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशनले सर्वसम्मत रुपमा पुन ल्हाक्पा तेन्जी लामा सर्वसम्मत चयन गरेको छ ।
दोस्रो अधिवेशनले ल्हाक्पा तेन्जी लामाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति बनाएको हो । समितिको उपाध्यक्षमा जाङ्बु शेर्पा, महासचिवमा स्यारोन शेर्पा, सचिव आङ नुरु शेर्पा , कोषाध्यक्ष पासाङ छोटी शेर्पा चयन गरिएको छ। सदस्यहरुमा दावा शेर्पा, पेम्बा शेर्पा, फुत्मा शेर्पा, पेम्बा नुरु शेर्पा, तेन्जी शेर्पा, आङ तेम्बा शेर्पा, डोमा शेर्पा, पासाङ शेर्पा , कान्छी शेर्पा छेतेन शेर्पा, गेल्मु शेर्पा सर्वसम्ममत चयन भएका छन् ।
सोहि अधिवेशनबाट सस्थाको सल्लाहकारमा तेन्जी छेपाल शेर्पा, कर्मु डोल्मा शेर्पा र आङ पेम्बा शेर्पा ( ए.पी.शेर्पा ) रहने निर्णय गरिएको छ।