हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न

रोमानिया (फुर्साङ लामा) : “तामाङ्ग जातिको उत्थान,भाषा,धर्म र संस्कृतिको पहिचान”भन्ने मूल नाराका साथ इस्वी संवत् २०२३ जनवरी  १  तारिखका दिन गठन भएको नेपाल तामाङ घेदुङ रोमानियाले नेपाली राष्ट्रिय पर्व मन्जुश्री सम्वत् २८५९ सोनाम ल्होछार  (तावार ल्हो) सांस्कृतिक कार्यक्रम भव्यताको साथ समपन्न गरेको छ | रोमानियामा तामाङ समुदायले पहिलोपटक संस्थागत रुपमा सोनाम ल्होछार मनाएको हो |

गत हप्ता जनवरी २२ तारिख संस्थाका अध्यक्ष श्रीमती वर्षा तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि रोमानियाका लागि  अवैतनिक बाणिज्यदुत नबराज पोखरेल,विशेष अथिती  एनआरएनएका अध्यक्ष खगेन्द्र अधिकारी,नेपाली समाज रोमानियाको उपाध्यक्ष तथा किराना पसलका संचालक आलोक शाह, नेपाल तामाङ घेदुङ रोमानियाका बरिष्ठ सल्लाहकार फुर्साङ लामा तामाङ ,शेर्पा किदुङ रोमानियाका  अध्यक्ष लाक्पा तेन्जी शेर्पा , तमु समाज रोमानियाका अध्यक्ष मोहन गुरुङ, सुदुरपश्चिम समाजका अध्यक्ष लोकेन्द्र खत्रि, संचारकर्मी युवराज लामिछाने, पि.के टिबीका पत्रकार तेन्जिङ शेर्पा , माछापुच्छ्रे रेस्टुरेन्टका संचालक गोमा थापा  लगाएत रोमानियन अतिथिले अतिथि ग्रहण गर्नु भई कार्यक्रमलाई शोभा बढाउनु भएको थियो। कार्यक्रममा झन्डै चार जना नेपालीको आगमनले राम्रो माहोलको शिर्जना गर्नुभएको थियो।

कार्यक्रमको शुरूवात बौद्धधर्म अनुसार संस्थाका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र तामाङबाट साङ मोलम पाठ गरि शुरु गरिएको थियो ।
पोखरामा भएको बिमान दुर्घटनामा परि ज्यान गुमाएकाहरु प्रति १ मिनेट मौन धारणपछि  कार्यक्रमका प्रमुख आथिती तथा सभापतीले छ्युमी बालेर उद्घाटन गर्दै ,उपस्थित महानुभावहरुको मुखार बिन्दुवाट राष्ट्र र राष्ट्रियप्रति समर्पित राष्ट्रिय गित गाएको थियो।

कार्यक्रमलाईऔपचारिक रुपमा नेपाल तामाङ घेदुङ रोमनियाका महासचिब सम्झना लामा तामाङले संचालन गर्नु भएको थियो । सहसचिब अनिता तामाङले शुभकामना मन्तव्य राख्नु भएको थियो। मिना तामाङ लगायत कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरिएको थियो।
कार्यक्रममा सम्पुर्ण अथितीहरुले शुभकामना मन्तव्य राख्नु भयको थियो।   कार्यक्रमका लागि आर्थिक सहयोग गर्नु हुने आदरणीय मनको धनी ब्यक्तिहरु नबराज पोख्रेल,नेपाली समाज रोमनिया, माछापुच्छ्रे रेस्टुरेन्टका संचालक गोमा थापा, मुस्कान वाइबा तामाङ लगाएत सहयोगि मनहरुलाई  प्रमुख अथितीबाट प्रमाण पत्र वितरण गर्नु भई  प्रमुख अथितिले आफनो शुभकामना मन्तव्य राख्नु भएपछि सभापतिले  ल्होछारको शुभकामना मन्तव्य सहित औपाचरिक कार्यक्रम समापन भएको थियो ।

अनौपाचरिक कार्यक्रम भने नेपाल तामाङ्ग घेदुङ रोमानियाका  उपाध्यक्ष सुरेन्द्र तामाङले संचालन गर्नु भएको थियो भने स्थानीय कलाकारहरुको जोडदार प्रस्तुतीले भरी पुर्ण मनोरञ्जनका साथ आठ बजे सम्म कार्यक्रम संचालन भएको थियो |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution