डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन

याम्बु – तामाङ्ग समाज डेनमार्कको आयोजनमा नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार २८५९ तावार ल्हो साँस्कृतिक कार्यक्रम भव्यताको साथ समपन्न गरेको छ |
लामा गुरु खेन्बो काजि दोर्जे लामा द्वारा मोलम पाठपूजाका साथ कार्यक्रमको उत्घाटन गरेको थिए |
सोनाम ल्होछार कार्यक्रममा पाल्नु हुने सम्पूर्ण अतिथिहरुको साथै कार्यक्रमलाई भब्य रुपमा सफल बनाउने सहयोगी गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई तामाङ समाज डेनमार्क धन्यबाद व्यक्त गरेको छ |
सोनाम ल्होछारको अवसरपारी तामाङ समाज डेनमार्कको दोस्रो अधिबेसन समेत सम्पन्न गरेको छ |अधिवेशनबाट कार्यसमितिको अध्यक्षमा रचना तामाङ, उपाध्यक्ष संगीता तामाङ, सचिब प्रितु लामा योञ्जन तामाङ, सहसचिब कर्म वाङचुक मोक्तान तामाङ, कोषाध्यक्ष पासांग ल्हामु तामाङ, र सदस्यहरुमा सलोमी तामाङ तंगे, सरिता दोङ तामाङ, दोर्जे ग्याल्पो तामाङ, प्रिती घिसिङ तामाङ,सुजाता पाख्रिन तामाङ चयन हुनुभएको तामाङ समाज डेनमार्क जानकारी दिएको छ |