क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न
मिस्यूसागा – तामाङ समाज क्यानडा द्वारा नेपाली राष्ट्रिय पर्व अर्थात तामाङ समुदायको महान साँस्कृतिक पर्व मन्जुश्री संवत २८५९ सोनाम ल्होछार तावार/ह्योई ल्हो गेताङ मिस्यूसागा क्यानाडामा भव्यताका साथ् सम्पन्न गरेको छ |
तामाङ समाज क्यानाडाका अध्यक्ष विनु लामा तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष राजन तामाङ, बिशेष अतिथि रेडियो नेपालमा प्रथमपटक प्रशारित तामाङ भाषाको समाचार वाचक तथा सम्पादक ध्यान बहादुर मोक्तान तामाङ,अतिथिहरुमा संस्थाका सल्लाहकारहरु र मिडियाकर्मी, तामाङ समुदायको बाक्लो उपस्थित रहेको थियो |
बिशेष अतिथि ध्यान बहादुर मोक्तान तामाङले बौद्ध धर्म परम्परा अनुसार मोलाम पाठपूजा गर्नुको साथै सभापति र प्रमुख अतिथिबाट म्हारम्हेमा दिप प्रज्जवलन गरी ल्होछार कार्यक्रमको उत्घाटन गरेका थिए |
नेपाली राष्ट्रिय गान र क्यानाडीएन राष्ट्रिय बजाएर सुरु गरिएको कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई सम्बोधन गर्नुहुदै संस्थाकी उपाध्यक्ष एवं सोनाम ल्होछार कार्यक्रम संयोजक उर्मिला तामाङले स्वागत मन्तव्य राखेका थिए |
शुभकामना मन्तव्य राख्ने क्रममा बिशेष अतिथि ध्यान बहादुर मोक्तान तामाङले तामाङ समुदायले पहिला माघे सांन्क्रान्तिमा ल्हो फेर्ने दिन मान्दै आएकोमा २०४७ पाश्चात तिथिको आधारमा ल्हो फेर्ने र ल्होछार मनाउन थालनी गरिकाले अहिले स्वदेश र बिदेशमा रहेका सबै तामाङ समुदायले सोनाम ल्होछार मनाउने गरेको बताउनु भयो | ल्होछारको अवसरमा सबैको शुभ मंगल होस् ,सबैलाई नराम्रो नहोस्,सबैको मनमा एकदमै कुशल चित्त मात्र उत्पादन होस्,सबैतिर शान्ति होस् भन्नु हुदै सोनाम ल्होछारको शुभकामना व्यक्त गर्नु भएको थियो |
शुभकामना मन्तव्य राख्नु हुदै प्रमुख अतिथि राजन तामाङले तामाङ समाज क्यानाडा संस्था स्थापना गर्दा आफुहरुको निभाएको भूमिका बारे चर्चा हुदै आजको ल्होछार कार्यक्रम यति ठुलो संख्यामा तामाङहरु सहभागी भएको पाउँदा खुशी र गर्व लागेको बताउनु भयो | क्यानाडामा रहेको जो कोहीलाई केहि समस्या भएमा संस्थामा सम्पर्क राख्न अनुरोध गर्नु हुदै संस्थाले सक्ने सहयोग गर्ने बताउनु भयो |
कार्यक्रममा स्थानीय कलाकार तथा फोटोग्राफर रामकाजी मोक्तान तामाङ, दावा तामाङ र कुमार तामाङले गित गाएर र श्रीरिषा योन्जन तामाङ,स्वीकृति योन्जन तामाङ,सुस्मिता दोङ तामाङ,बिध्या वाइवा तामाङ,अरिष तामाङ,रिंकु तामाङ र सृष्टि सुनुवारले निर्त्य प्रस्तुत गरेर कार्यक्रमलाई ल्होछारमय मनोरञ्जन गराएका थिए |
कार्यक्रममा आर्थिक सहयोग प्रदान गर्नहुने महानुभावहरु इन्द्र तामाङ (Lake View Convinence Store), राजन तामाङ (Apex Realtor) दावा तामाङ (Kathmandu Mo Mo),उर्मिला तामाङ, कलाकारहरु र स्वयमसेवकहरुलाई प्रशंशा-पत्र हस्तान्तरण गरेका थिए |
औपचारिक कार्यक्रम संस्थाका कोषाध्यक्ष सिता तामाङ र सांस्कृतिक कार्यक्रम संयोजक सोनी तामाङले कुशलतापूर्वक संचालन गरेकी थिइन् |