पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस

परशुराम तामाङ
पौष २७ गतेलाई पृथ्वी जयन्ती पुनः घोषणा गरियो । सरकारद्वारा यो दिन सार्वजनिक बिदा दियो । सन् २००८ मा गणतन्त्रको घोषणासङ्गै पृथ्वी जयन्ती खारेज भएको थियो। १२ वर्षपछि पृथ्वी जयन्ती पुनः स्थापना भयो । यसलाई राजावादी दल – राप्रपाले युद्ध जिते झैं हर्ष बढाइ गर्यो । बाम तथा गैर बाम बुद्धिजीवी/मिडियाहरुले पनि यसको औचित्यका बारेमा लामा लामा तर्क प्रस्तुत गरे । कतिले एकता दिवस को नाम दिएर पृथ्वीनारायणको सालिकमा फुलमाला चडाएर मनाए भने कतिले थुकेर घृणा ब्यक्त गरे । कतिपयले न मानेकोमा जनजातिप्रती आक्रोश व्यक्त गरे । यो घटनाप्रतिको मार्क्सवादी दृष्टिकोण के होला ? यहाँ यहि बिषयमा छलफल गर्नु उचित लागेको छ :
(१) पृथ्वी जयन्ती मनाउने परम्परा कस्ले बसाए ???
राजा महेन्द्रद्वारा सन् १९५५ मा गठित बाल कृष्ण सम आयोगको सिफारिसमा १३ जनालाइ राष्ट्रिय बिभुती (Nationala Heroes) घोषणा गरिएको थियोे । त्यसको ६ न मा गोर्खाका राजा राम शाह र ८ न मा उनैका सन्तान राजा पृथ्वीनारायण शाह थिए । यो सर्वबिदितै छ कि राजा महेन्द्र निरंकुश राजतन्त्रको पक्षपाती र निर्दलिय पन्चायती ब्यबस्थाको विचारक तथा प्रबर्तक (Ideologue and initiator ) थिए । यो कदमको पछाडीको उनको नियत स्पष्ट थियोे कि उनी राजतन्त्रलाई सैद्धान्तिकरण, वैधानिकरण र दैबिकरण गरेर निरङ्कुश राजा बनेर राज गर्न चाहन्थे । त्यसका लागि पृथ्वीनारायण शाह एउटा बैधानिक स्रोत हुन्थे । त्यसमा भाइभारादारको पनि सहमति थियो । मार्क्स र एङेल्सले भनेका छन् , “the ideas of the ruling class are in every epoch the ruling ideas (Marx & Engels, The German ideology, 1970:64).” । यो पनि ज्ञात कुरा हो कि बढाइ चढाइ दरवारको इतिहास लेखाउने पनि महेन्द्र नै थिए । धेरै ठाउँमा चर्चिलले भनेको भनेर उद्दृत गरिन्छ त्यस्लाइ म यहाँ सापट लिन्छु, “History is written by victors.” “It implies that history is not grounded in facts, rather it’s the winners´ interpretation of them that prevails. The victors can force their narrative down on the people.” इतिहास बिजेताद्वारा लेखिन्छ । चाकरी प्रथामा आधारित सामन्ती युगमा राजाले नै लेखाएको गोर्खा दरबारको इतिहासको भाष्य कस्को पक्षमा तयार गरियो होला त ? सहज अनुमान गर्न सकिन्छ । जर्मन विद्वान केन हर्ष भन्छन् कि “इतिहास साहेद सहि होला, तर यो न भुलौ कि यो बिजेताहरुद्वारा लेखिएको थियोे ।” इतिहास सबैको हुन्छ । तर, नेपालको इतिहासमा हरुवाहरुको दृष्टिकोण छैन । कसैको इतिहासलाई होच्याउने र कसैको इतिहासलाई सगरमाथा बनाउने धारणाले देश बन्दैन । हाम्रो इतिहासको पुनर्लेखन हुनु जरुरी छ ।
(२) पृथ्वीनारायण : एकीकरण कर्ता, एकताको प्रतीक र बडामहाराजाधिराज ???
यस सम्बन्धमा सन् २०२० जनवरी ११ को कान्तिपुरको कोसेलीमा प्रकाशित ९० सालको भुइँ चालोअघी `दिव्योपदेश´ कहाँ थियो ? भन्ने प्रत्युस वन्तको अन्तर्वार्ताले धेरै कुरामा प्रकाश पार्दछ । उहाँले दिनुभएको जानकारी अनुसार वि.स. १९९० (सन् १९३४) को भुइँ चालोअघि दिव्योपदेशको कतै चर्चा भएको पाइदैन । सो सारिएको प्रति बाबुराम आचार्यले सुर्य विक्रम ज्ञवालीलाई पृथ्वीनारायण शाहको जिवनी किताब (सन् १९३५) लेख्न उपलब्ध गराएका थिए । त्यसपछि नै पृथ्वीनारायण शाहलाई एकीकरणकर्ता , एकताको प्रतीक र बडामहाराजाधिराज को विशेषण गुथाएर राष्ट्रिय नायक बनाउने काम भएको आभास हुन्छ । त्यसरी नै भानुभक्तको रामायणले सान्स्कृतिक रूपमा भावानात्मक एकीकरण गर्यो भनेका छन् । प्रज्ञा प्रतिष्ठानको स्थापनापछि नेपाली साहित्यमा यो काम तिब्ररुपमा अघि बढेको देखिन्छ । तर, नेपाली नागरिकहरुमा खासगरी बिध्यार्थिहरुमा राजभक्तीको भावना र जातिप्रेम बढाउनुका लागि यस्ता काम भएका थिए । तर, यस्ता गोर्खाली शासक्को कामको प्रभाव भने विभिन्न बर्ग र समुदायमा भिन भिन्न रुपमा परेको थियो । जातप्रथाअनुसारको श्रम बिभाजन, शासक वर्ग-ब्राह्मण क्षत्रीका लागि सम्मान र बिशेषाधिकार थियो तर अछुत जातहरु र मतवाली समुदायका लागि अपमान र बिभेदको हतियार थियो । किपट उन्मुलन र बिर्ता र जागीर जमीनको बितरणको प्रभाव पनि त्यस्तै परेको छ । यो कार्य गोर्खा सेनाका बाहुन क्षत्रीका लागि उचित थियोे । किनभने यसले पाउनेलाइ बसोबासको र आर्थिक उपार्जनका लागि स्रोत उपलब्ध हुन्थ्यो । तर, आदिवासी जनजातिका लागि अनुचित थियो । किनभने यसबाट आदिवासी जनजातिले पुर्खौली भुमिबाट बिस्थापित हुनुपर्थ्यो र आर्थिक स्रोतबाट हात धुनुपर्थ्यो । यस बाट इतिहासलाई वर्गसंघर्षको कोणबाट हेर्नू पर्छ भन्ने कुरा नै सहि हो ।
(३) नेपालको एकीकरण भएको हो कि गोर्खा साम्राज्यको स्थापना ???
पृथ्वीनारायण शाहलाई नेपालको राष्ट्रिय एकताको प्रतीक मान्नेहरुको भन्दछन कि स-साना राज्यहरूलाई मिलाएर एक शक्तिशाली राष्ट्र निर्माण गर्नुपर्ने एक एतिहासिक आवश्यकता थियो , त्यो काम पृथ्वीनारायणले गरे । इस्ट ईन्डिया कम्पनीको भारतलाई निले तर नेपाललाई पृथ्वीनारायण ले अङ्ग्रेजीबाट बचाए । के पृथ्वीनारायणले माथि भने जस्तो महसुस गरेरै एकीकरण गरेका हुन् त ? के क. प्रचण्डको नेतृत्वमा ७ दलको सहमतिमा मन्त्रीमण्डल बने जस्तो पृथ्वीनारायणले सबै साना ठुला राज्यहरूको सहमतिमा गोर्खा राज्यलाइ नेपालका रूपमा एकता गरेर निर्माण गरेका हुन् त ? किमार्थ होइन । इतिहासकार महेश चन्द्र रेग्मिको भनाइ छ – गोर्खा गरिब राज्य थियो, अरु राज्यहरूजस्तै त्यो राज्य हाक्ने मानिसलाई पनि आफ्नो राज्य धनी भएको हेर्ने रुचि थियोे । राज्य बिस्तार गर्दा आफ्नो जीवन स्तर पनि सुध्रीन्छ, राज्य पनि ठूलो हुन्छ , अनि ठूलो राज्यको ठूलो शासक बन्छु भन्ने बिचार (पृथ्वीनारायणमा) आयो होला ।” उनमा राज्य बिस्तार गर्न जागेको भोकको पछाडीको कारण यहि नै सहि थियो । पृथ्वीनारायण आफै भन्दछन् कि ” मेरा साना दुखले आर्ज्याको मुलुक होइन ! ” यो आर्जन हो , पृथ्वीनारायणले बल प्रयोग गरेरै साम्राज्य आर्जन गरेका हुन् । किर्तिपुरमा होस् कि तिमाल वा रावा साप्सुमा सैयौ नेवार, तामाङ, राई, लिम्बुहरुको हत्या गरेकै थिए । त्यसकारण के यसरी गरिएको राज्य बिस्तार (आर्जन) लाई एकीकरण भन्न सकिन्छ ? उनले नेपाल एकीकरण गरे भन्नू इतिहासको अपब्याख्या हो । उनको मनमा त्यतिबेला एकीकरण अभियान चलाउदैछु भन्ने कहिकतै थिएन, पछिकाले लेखिदिएका हुन् । श्री ५ बडामहाराजाधिराज बुनिदिएका हुन् । तर, आजको वास्तविकता के हो भने एउटै भूगोलमा हामी दुबैथरी जित्ने र हार्नेका सन्तानहरु बसोबास गरिरहेका छौँ र त्यसको रक्षामा आआफ्नो छुट्टाछुट्टै पहिचान र स्वाभिमान खोजी रहेका छौँ । आज गोर्खाको बिजेता शासक वर्ग – खस आर्य र राज्य हारेका खोसिएका आदिवासी जनजाति, हाम्रो बिचमा यो घटनालाई बुझ्नेमा भिन्न भिन्न धारणा रहेको छ । शासक बर्गले राजालाई एकताको प्रतीक र राजतन्त्रलाई दैबी शक्तिको प्रतीक मान्ने भाष्य तयार गर्यो र हिन्दु सामन्ती निरङ्कुश सत्ता सहित मनोबिज्ञान जनतामा जबर्जस्ति लाद्ने काम गर्यो । आदिवासी जनजाति र कम्युनिस्टहरुले त्यसलाई अस्विकार गरे र राष्ट्रिय एकताको नयाँ सुत्र खोज्ने काम भयो । अब राजतन्त्रले होइन, समान र स्वतन्त्र जनताको मान्यता अनि सङ्घियताले नै भिन्न भिन्न भाषा, धर्म र भूगोल भएको विभिन्न जातिका नेपाली जनतालाइ एकताको सुत्रमा बाध्नु सक्छ । हिजो पुस्तैनी संस्थालाई एकताको प्रतीक मान्ने भाष्य बनाइयो, आज लोकतन्त्रमा एकता देखिन्छ । सामन्ती ब्यबस्थामा एकताको सुत्र र गणतन्त्रमा एकताको सुत्र एउटै हुनु सक्दैन, जसरी सामन्ती समाजको एकताको आधार र पुजीवदि समाजको एकताको आधार एकै हुदैन र छैन । अहिलेको भारतको भूगोल बनाउने अङ्ग्रेज हुन् तर अङ्ग्रेज अहिलेको भारतको एकताको प्रतीक हुन सक्दैन । नेपालमा नै गोपालवंश , महिपाल बंश , किरात बंश , मल्ल बंश , आदिले आफ्नो पालामा राज्य बिस्तार गरे । चीनको इतिहासमा हान बंश , चीन बंश जस्ता थुप्रै बंशको राज्यबिस्तारमा कम भुमिका छैन । तर आधुनिक जनवादी चिनको एकताको प्रतीक हान बंश होइन । त्यही आधारमा पृथ्वीनारायण शाहको भुमिकालाई पनि मुल्यांकन गरिनुपर्छ, न बढी न घटी । हामी कसैले पनि पृथ्वीनारायण शाहको तत्कालीन भुमिकालाई मान्यता दिनु कन्जुस्याइँ गर्नु हुँदैन । त्यही नै सहि विश्लेषण हुन्छ ।
(४) मण्डलले राष्ट्रवाद र जनवादी राष्ट्रवाद ???
राजा पृथ्वीनारायण असली हिन्दुस्तान निर्माण र जातप्रथा कार्यानवयनको पक्षपाती थिए । आफैले यो असली हिन्दुस्तान हो चार जात छत्तीस बर्णले बुझेर आफ्नो धर्म पालना गर भने । त्यसैलाई अनुशरण गरेर जङ्ग बहादुर राणाले जातप्रथा लागू गर्ने कानुन बनाए । राजा महेन्द्रले त्यही आधारमा टेकेर मण्डले राष्ट्रवादको सिद्धान्त बनाए । उनको (महेन्द्रीय) राष्ट्रवादका निम्न विशेषताहरु थिए : (क) हिन्दुराज्य, जहाँ ब्राह्मणवादि सिद्धान्तको सर्वोच्चता हुन्छ, को नेपालको सन्दर्भमा आदर्श पुरुष गोर्खाका राजा राम शाह र पृथ्वीनारायण शाह हुन् । हिन्दु राज्य र हिन्दु राजतन्त्र एकै हुन् । (ख) हिन्दु धर्म, जस्ले बेदान्त दर्शन अनुसार भाग्यवाद र जातप्रथामा बिश्वास गर्दछ, ले जातको आधारमा मानिस मानिस बिच अधिकार र कर्तब्यमा बिभाजन र विभेद गर्छ, जुन बैज्ञानिक दृष्टि गलत र मानब अधिकारका दृष्टिले अन्तर्राष्ट्रिय समुदायद्वारा अस्वीकार्य भैसकेको छ । त्यस्तो बिभेदकारी समरचनामा अछुत जात र मतवाली समुदायले निच भुमिका स्वीकार गर्नु पर्छ । (ग) दशभन्दा बढी धर्म र सयभन्दा बढि जाति र भाषा भएको मुलुकमा एक हिन्दु संस्कृती , र (घ) खष – नेपाली भाषा लाई राजकीय मान्यता र अनिवार्य प्रचलन गराए । नेपाली भाषामा रामायण उल्था गर्ने भानुभक्त आचार्यलाई भावानात्मक एकताको प्रतीकका रूपमा आदिकवि बनाए । गोर्खाका शासक बर्ग र महेन्द्रका लागि यो “एक जाति, एक भाषा, एक राजा र एक संस्कृति ” भएको एकाधिकारवादी हैकमवादी महेन्द्रीय राष्ट्रवाद सबैभन्दा राम्रो राष्ट्रवाद थियो होला । तर, अरु सैयौ पहिचान र राष्ट्रियताका लागि अपमानजनक, बिभेदकारी र अराष्ट्रीय थियो । त्यसैले गणतान्त्रिक जनवादी लडाइँमा महेन्द्रीय राष्ट्रवादका विरुद्ध धर्म निरपेक्षता, गणतन्त्र , समान भाषा र सबैको पहिचानको समान रूपमा राजकीय मान्यताको माग उठेको हो । त्यसैले पुजीवादी जनवादी आन्दोलनले समेत महेन्द्रीय राष्ट्रवाद र यस्का बिम्बहरुलाइ अर्थात् महेन्द्रीय पथलाइ परित्याग गरेर पुजीवादी जनवादी युगको लागि नयाँ आधार र नयाँ बिम्ब बनाइ सकेको अबस्थामा सामन्ती राजालाई एकताको बिम्ब मान्ने भन्ने निर्णय कसरी काङ्ग्रेस र कम्युनिस्टलाई सुहाउँदो हुन्छ, गम्भीर रुपमा बिचरणिय छ । महेन्द्रीय मण्डले राष्ट्रवाद र जनवादी राष्ट्रवाद एउटै हुन सक्दैन । बरु, गणतन्त्रअनुकुल राष्ट्रिय संस्कृति नीति बनाएर अगाडि बढ्नु सकिन्छ ।
(५) मानवतावाद र अन्तर्राष्ट्रियतावाद ???
एक युग थियोे जहाँ मानिस मानिस बिच सिमाना थिएन । समुदाय अर्को समुदायबाट छुट्टिन्थ्यो तर भूगोलको सिमाना थिएन । मानव स्वतन्त्र थियो । मानिस खुसी थियोे । मानव समाजले जब श्रम बिभाजनबाट उत्पादनमा बचत उत्पन्न गर्नु थाल्यो तब राज्य र सिमाको आवश्यकता पर्न थाल्यो । सामन्तवादले राजा महाराजाको तरवारको आधारमा र पुजीवादले जाति/राष्ट्रको राष्ट्रियताका आधारमा राजनैतिक सिमाना बनायो । मानिसको अन्तर्राष्ट्रिय जाति थियो । तर, यस्ले मानव जातिलाई बिभाजन गर्यो । पुजीवादी समाजभित्र धनी देश र गरिब देश, पुजिपती र मजदुर , शोषक र शोषित बर्ग र समुदायको निर्माण भए पछि समाजमा द्वन्द्व र संघर्ष नियम कै रूपमा देखा पर्न थाल्यो । त्यसैले यो द्वन्द्व र संघर्षलाई सदाको अन्त्यका लागि राज्य, राजनीतिक सिमा र बर्ग अवरोध भएको सत्य ठहरियो । वास्तवमा राज्य, सिमा र वर्ग मानवतालाइ खण्डित गर्ने तत्व हुन् । यहि समाज बिकासको बैज्ञानिक नियम मार्क्सले पत्ता लगाए र मानिस मानिसका बिचमा बिभाजन गर्ने राज्य, सिमाना र बर्गहरुको अन्त्यका लागि बैज्ञानिक समाजवाद र साम्यवादको बिचारधारा प्रस्ताव गरे । त्यसैले मार्क्सवादीहरु मानवतावादी र अन्तर्राष्ट्रियतावादी हुन्छन् । यो नै आजसम्म पत्ता लगाएको मानव स्वतन्त्रताको सर्वोच्च अबस्था र त्यहा पुग्ने सबैभन्दा सहि बिचार र मार्गचित्र हो । यी सबै समाज बिकासका अबस्थाहरुमा एकता र आदर्शका बिम्बहरु अलग अलग थिए र हुनेछन् ।
२०७९ पौष २९ गते,
बुढानिलकण्ठ-४, सिद्धार्थ कोलोनी,
काठमाडौ ।