हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी

याम्बु – नेपालबाट बैदेशिकरोजगारीको सिलसिलामा रोमानिया पुगेर कर्मभूमि बनाएर बसेका तामाङ समुदायले “नेपाल तामाङ घेदुङ,रोमानिया गठन गरेका छन् |

रोमानिया रहेका सम्पूर्ण तामाङ दाजुभाई तथा दिदी बहिनीहरुलाई एकै ठाउँमा भेला गराई सम्झना लामा तामाङको संयोजकत्वमा छलफल मार्फत तामाङ जातिको उत्थान, भाषा,लिपी,धर्म,भेषभूषा,कला र संस्कार संस्कृतिको जगेर्ना गर्ने मूल उद्देश्यसहित नेपाल तामाङ घेदुङ रोमानिया गठन गरिएको हो |

भेलाबाट वर्षा तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ | जसमा अनुसार पदाधिकारी तथा सदस्यहरुमा अध्यक्ष: वर्षा तामाङ (नुवाकोट),वरिष्ठ उपाध्यक्ष:सुरेन्द्र लामा तामाङ,उपाध्यक्ष: सुरेस तामाङ(काभ्रेपलाञ्चोक)महासचिव:सम्झना लामा तामाङ(रामेछाप)सचिव: सुबन तामाङ (रामेछाप),सहसचिव:अनिता तामाङ(रामेछाप)कोषाध्यक्ष:संगम तामाङ(रामेछाप),सहकोषध्यक्ष:प्रकाश तामाङ(काभ्रेपलाञ्चोक) र सक्रिय सदस्यहरुमा सुजन लामा तामाङ(रामेछाप),धावा तामाङ(रामेछाप),मीना तामाङ(रामेछाप),हिरोज तामाङ(रामेछाप)प्रयास तामाङ(दोलखा),अथिरल तामाङ,योवन तामाङ(नुवाकोट) रहेका छन् |

यसैगरी सदस्यहरुमा पुरेन्द्र तामाङ(काभ्रेपलाञ्चोक),मुना तामाङ(रामेछाप),प्रवेग तामाङ(काभ्रेपलाञ्चोक),प्रविन तामाङ(काभ्रेपलाञ्चोक),सरोज तामाङ(रामेछाप),हेमन्त तामाङ(रामेछाप) रहेका छन् |

यसैगरी भेलाले संस्थाको वरिष्ठ सल्लाहकारमा फुर्सङ लामा (काभ्रे ) र सल्लाहकारमा सुरेस तामाङ(चितवन) चयन हुनु भएको महासचिवमा सम्झना लामा तामाङले ‘तामाङअनलाइन’लाई जानकारी दिनु भएको छ |

नेपाल तामाङ घेदुङ रोमानिया गठन भए लगतै नेपाल तामाङ घेदुङ,संघिय कार्यलय समक्ष जानकारी गराई प्रमाण पत्र समेत लिईसकेको जानकारी प्राप्त भएको छ |

नयाँ कार्यसमितिका महासचिव सम्झना लामा तामाङले भेला छुट्नु भएका रोमानियावासी तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाई घेदुङमा आवाद्ध हुन् अनुरोध गर्नु भएको छ | साथै वहाँले नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार (तावार/ह्योई लो) सांस्कृतिक तथा शुभकामना आदानप्रदान आगामी २२ जनवरी २०२३ आइतवारका दिन रोमानिया स्थित बुकरोस शहरमा हुने जानकारी दिनु भएको छ | सोनाम ल्होछार कार्यक्रममा रोमानियावासी सम्पूर्ण तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुमा गरिममय उपस्थितको लागि हार्दिक अनुरोध गर्नुभएको छ |

नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पुर्वसन्ध्यामा रोमानियामा रहेका तामाङ समुदायहरु भेला भई नेपाल तामाङ घेदुङ रोमानिया गठन हुनु तामाङ समुदायको लागि गौरवको कुरा हो |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution