डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित
याम्बु – दोलखा जिल्लामा रहेको रमणीय,पबित्र धार्मिक तथा पर्यटकिय स्थान शैलुङको पृष्ठभुमिमा तामाङ जातिको पहिचान झल्काउने साँस्कृतिक लोक बाज डम्फू र तामाङ भेषभुसा अंकित हुलाक टिकट प्रकाशित भएको छ |
नेपाल तामाङ संस्कृति घेदुङले निवेदन पेस गरेकोमा हाल उक्त टिकट टाँचा लगाएर प्रकाशित भएको हो ।
यो हुलाक टिकट प्रकाशन गर्न पुर्ब सूचना,प्राविधि तथा सञ्चार माननीय मन्त्री पार्बत गुरुङले बिशेष सहयोग गर्नु भएको जानकारी तामाङ संस्कृति घेदुङका अध्यक्ष छेवाङ तेन्जिङ योन्जन तामाङले जानकारी दिनु भएको छ |