हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै

याम्बु – नेपाली राष्ट्रिय पर्व अर्थात तामाङ समुदायको महान धार्मिक तथा साँस्कृतिक पर्व मन्जुश्री सम्वत् २८५९ सोनाम ल्होछार ,तावार /ह्योई ल्हो (बिरालो/खरायो) वर्ग यसपाली आगामी माघ ८ गते (आइतबार)परेको छ |

ल्होछार कार्यक्रम एक महिना देखि धुमधामको साथ मनाउने परम्परा अनुसार प्रवासमा भएका तामाङ संघसंस्थाहरु सोनाम ल्होछार मनाउन सबैतिर तयारीमा जुटेका छन् |

स्वदेश नेपालमा भन्दा प्रवासमा ल्होछार कार्यक्रमको तयारी तिब्र रुपमा अघि बढाएको सामाजिक संजालमा देख्न सकिन्छ | प्रवासमा सबैको छुट्टि मिलाउने पर्ने , हलको व्यवस्थापना समेत गर्नु पर्ने भनेकोले  चटारोमा लागेको देखिन्छ |

तामाङ समुदायले ल्होछारको अवसरमा घरघरमा र सामुहिक रुपमा शुभकामना आदान प्रदान, खानपिन, रमरमाइलो गरेर मनाउँने गर्द्छन् । हरेक वर्ष एक एक वटा जनवारको नाममा फेरिने ल्हो अर्थात नयाँ वर्ग वा वर्ष अन्तरगत यस वर्ष बिरालो/खरायो वर्ष हो । यसपाली बाघ वर्गको विधाइ गर्दै घरघरमा दिपावली सहित तामाङ समुदायले नयाँ वर्ष बिरालो/खरायो वर्ग लाई स्वागत सहित मनाउने छन् ।

ल्होछारमा आफन्तजनकोमा टिको लगाउने, आर्षिवाद लिने, घरघरमा वा गुम्बाहरुमा गएर पुजा गर्ने र चेलिबेचीलाई बोलाएर मिठा परिकार खुवाउने चलन रहेको छ ।

ल्होछारमा तरुल, फापरको फुलौरा, आलुम, खाप्से, रोटीआदि खाने गर्दछन् । ल्होछारको अवसरमा बिगतका वर्षमा झैं यसपाली पनि काठमण्डौंको टुँडिखेलमा कार्यक्रम आयोजना गर्ने घेदुङले यसअघि नै घोषणा गरिसकेका छन् |

प्रवासमा कुन कुन देशमा सोनाम ल्होछार कार्यक्रम कहिले र को को कलाकारहरु सहभागी हुदै ?

नेपाल तामाङ घेदुङ, इजरायल

मिति: ३ फेब्रुअरी २०२३ (शुक्रबार)

स्थान: EVE हल तेलअविव

अतिथि कलाकार: गायिका जितु लोप्चन तामाङ र म्हेन्दोमाया गायक हेम वाइबा तामाङ

नेपाल तामाङ घेदुङ साइप्रस

मिति: १२ फेब्रुअरी २०२३

स्थान: Neo Fiesta Banquet Hall Kato Polemidia Lomasol

अतिथि कलाकार: लोकगायक मिलन लामा तामाङ

तामाङ समाज क्यानाडा 

मिति : 22th January 2023 (Sunday)
स्थान: CHEF KAUSAR’S AUTAQ
5835 KENNEDY RD
MISSISSAUGA,ON L4Z 2G3

तामाङ सोसाइटी अफ पेन्सलभेनिया  

मिति: २८ जनवरी २०२३ (शनिवार)

स्थान: 258 Commerce Drive Fort Washington PA

अतिथि कलाकार:

नेपाल तामाङ घेदुङ कतार  

मिति: २७ जनवरी २०२३

स्थान: बाँकी

अतिथि कलाकार:

नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराक

मिति : 27th January 2023

स्थान: ओस्कर हल सर्चिनर सुलेमानी

अतिथि कलाकार:  रोज मोक्तान तामाङ र आरम्भा तामाङ

नेपाल तामाङ घेदुङ,साउदी अरब

मिति: २० जनवरी २०२३

स्थान: एक्जिट ९ , रियाद

अतिथि कलाकार:

तामाङ समाज यूएई (सनिल घिसिङ तामाङ समुह)

मिति: २९ जनवरी २०२३ (आइतबार)

स्थान:- क्लव एभेरेष्ट, याक एन्ड यति

अष्टोरिया होटल, बरदुबई

अतिथि कलाकार: गायिका जितु लोप्चन तामाङ

तामाङ समाज यूएई (जितेन्द्र तामाङ समुह)

मिति :- आइतबार, २२ जनवरी २०२३

स्थान:- होलिडे इन्टरनेशनल होटल, बुर्जुमान मेट्रो स्टेशन नजिकै दुबई यूएई

अतिथि कलाकार: विश्व दोङ तामाङ र  म्हेन्दो माया गायक शैलाप वाइवा तामाङ

नेपाल तामाङ समाज ओमान

मिति : २०२३ फेब्रुअरी ३ (शुक्रबार)

स्थान : कुरुम गार्डेन,जंगल रेस्टुरेन्ट(फन्जा हल)

अतिथि कलाकार: गायिका निर्मला घिसिङ तामाङ

नेपाल तामाङ समाज जापान

केन्द्रीय समितिले टोक्यो,

किताकान्तो क्षेत्रिय समितिले गुन्मा,

च्युबु क्षेत्रिय समितिले नागोया,

क्युस्यु क्षेत्रिय समितिले फुकुओका,

ओकीनावा क्षेत्रिय समितिले ओकीनावामा

कान्साई क्षेत्रिय समितिले ओसाका

तामाङ समाज पोर्तुगल

मिति: २१ जनवरी २०२३ (शनिबार)

स्थान: लिस्बोन Alameda Mahatma Gandhi स्थित Audotorium हल

अतिथि कलाकार: अन्तरास्ट्रिय चर्चित गायक तथा संगीत-निर्देशक अविनाश घिसिङ तामाङ

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया  

मिति : 21 जनवरी 2023

स्थान : 종로파노라마 뷔페 서울시

종로구 인사동 262 번지 2 층

अतिथि कलाकार:

तामाङ सामाज स्विट्ज़रलैन्ड  

मिति : २२ जनवरी २०२३

स्थान : Zopfgasse 22 , 5603 Staufen

अतिथि कलाकार:लोकगायक मिलन लामा तामाङ

नेपाल तामाङ घेदुङ बहराईन

मिति:-२७ जनवरी २०२३ शुक्रबार

स्थान:-डेलमुन होटल प्रांगण(गोल्ड सिटि अगाडि)

अतिथि कलाकार: विश्व दोङ तामाङतामाङ समाज हाम्बर्ग जर्मनी

तामाङ समाज हाम्बर्ग जर्मनी

मिती 04 February 2023

स्थान:BARMBEKER MARKT 41

DEHNHAIDE U-BHAN

22081 HAMBURG

अतिथि कलाकार :

नेपाल प्रवासी तामाङ समाज कतार

मिति : २७ जनवरी २०२३(शुक्रबार)।
स्थान : अम्वाज क्याम्प , २ मिसाइद ।
अतिथि कलाकार : सेलो गायक  बैरागी मोक्तान (सुजन)  र  म्हेन्दोमाया गायिका तथा RJ सबिना तामाङ

नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतार 

मिति : २७ जनवरी २०२३
स्थान : ओशिस विच क्लाव, दाेहा

अतिथि कलाकार : कलाकारहरु भ्वाइस अफ नेपालका काेच तथा गायक राजु लामा (मंगोलियन हार्ट), सेलाे गायिका रेश्म बम्जन तामाङ र  म्हेन्दाेमाया गायिका मनमाया वाईबा तामाङ

नेपाल तामाङ घेदुङ मलेसिया

मिति:- २२ जनवरी २०२३,आईतवार

स्थान:- होटल ग्रान्ड कन्टिनेन्टल के एल,११ तल्ला

अतिथि कलाकार: गायक उर्गेन दोङ तामाङ , गायिका सुमिना लो तामाङ,म्हेन्दोमाया गायक आशिष गोङ्बो तामाङ, मोडेल यांगी दोङ तामाङ,सुनिता दोङ तामाङ

तामाङ सोसाइटी अफ अमेरिका

मिति: २१ जनवरी २०२३

स्थान:DA MIKELLE PALAZZO 69 – 02 GARFIELD AVE, QUEEN, NY 11377

अतिथि कलाकार: शशिकला मोक्तान तामाङ,बिजय मोक्तान तामाङ

तामाङ समाज अमेरिका

मिति :22 January 2023 (Sunday)

स्थान : 25-22 Astoria Blvd, Queens, NY 11102

अतिथि कलाकार: लोक गायक मिलन लामा तामाङ,लक्ष्मी स्याङतान तामाङ , लक्ष्मी तामाङ र हास्य कलाकर महादेव त्रिपाटि

नेपाल तामाङ घेदुङ रोमानिया

मिति: 22 जनुवरी 2023

स्थान: रेष्टुरेन्ट ईस्ट ,बुकारेष्ट Șos. Morarilor nr.1, București

तामाङ घेदुङ यू. के.

मिती: 22nd January 2023

स्थान: Pakistan Community Centre
373 London Rd,
Reading, RG1 3PA

अतिथि कलाकार : गायक आसमान लोप्चन तामाङ र गायिका सानु वाइबा तामाङ

 

सोनाम ल्होछार कसरी मनाउने ? 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution