जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै
याम्बु – नेपाल तामाङ समाज जापानले मञ्जुश्री सम्वत २८५९ सोनाम ल्होछार (तावर ल्हो / बिरालो वर्ष) जापानको विभिन्न शहरमा बिशेष रूपमा ल्होछार सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाउने भएको छ |
नेपाल तामाङ समाज जापान केन्द्रीय समितिले टोक्यो (२२ जनवरी २०२३), किताकान्तो क्षेत्रिय समितिले गुन्मा (१५ जनवरी २०२३), च्युबु क्षेत्रिय समितिले नागोया, क्युस्यु क्षेत्रिय समितिले फुकुओका, ओकीनावा क्षेत्रिय समितिले ओकीनावामा (२१ जनवरी २०२३) र कान्साई क्षेत्रिय समितिले ओसाकामा विभिन्न मितीमा सांस्कृतिक तथा शुभकामना कार्यक्रमहरू आयोजना गर्ने भएका छन् |
प्रवासमा रहेर पनि आफ्नो कला, भाषा, धर्म, परम्परा, संस्कार संस्कृति र पहिचानलाई जगेर्ना गर्ने उदेश्यले मनाईने तामाङ समुदायको महान सांस्कृतिक पर्वलाई नेपालबाट आमंत्रित कलाकारहरु र जापानस्थित स्थानीय कलाकारहरूको साथमा बृहत् कार्यक्रम मनाउने तामाङ समाज जापानले जानकारी दिएको छ |
जापानमा विभिन्न संघ-संस्था पेशा व्यवसायी, कलाकार, पत्रकार, बुद्धिजीवी, विद्यार्थी वर्ग लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूलाई “वृहत ल्होछार तथा सांस्कृतिक कार्यक्रम” मा सहभागीताको लागि हार्दिक निमन्त्रणा गर्दछौ
नेपाल तामाङ समाज जापान परिवार