बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी

याम्बु – बहराइन राष्ट्रमा सन २००९ देखि नै निरन्तर रुपमा तामाङ जाति को मौलिक सांस्कृतिक पर्व सोनाम ल्होछारलाई संरक्षण,सम्बर्द्धन गर्दै धुमधामका साथ मनाउदै आइरहेको नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइनले यस बर्ष पनि मन्जुश्री सम्बत २८५९ ह्योई (बिरालो/तावार बर्ग) सोनाम ल्होछार सांस्कृतिक साँझ-२०२३ आगामी जनवरी २७ तारिख (शुक्रबार) बहराइनको राजधानी मानमा स्थित डेलमुन इन्टरनेसनल होटलको प्रांगणमा भब्य रुपमा मनाउने भएको छ।
कार्यक्रमको लागि नेपालबाट तामाङ समुदायको चर्चित सेलो गायक तथा संगितकार बिश्व दोङ तामाङलाई निमन्त्रणा गरिएको छ। लामा धर्म गुरुज्युहरुबाट बैदिक पुजापाठ सहित साँझ ठिक ६:०० बजे बाट सुरु हुने ल्होछार सांस्कृतिक कार्यक्रममा आमन्त्रित अतिथी कलाकारका साथै स्थानिय उत्कृष्ट कलाकार हरुको समेत प्रस्तुति रहने भएकोले बहराइनबासी सम्पुर्ण ल्होछारप्रेमी नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा बिगतका बर्षहरुमा झै भब्य उपस्थित भई कार्यक्रमलाई सभ्य तथा भब्य रुपमा सफल पारिदिनु हुन नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइन हार्दिक अनुरोध गरेको छ |