इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी

तेलअविव-नेपाल तामाङ घेदुङ, इजरायलद्वारा बौद्धधर्मलम्वि तामाङ समुदायको महान नेपाली राष्ट्रिय पर्व मंजुश्री संवत २८५९ सोनाम ल्होछार तावर/ कुरि ल्हो अर्थात (बिरालो वर्ग )को पावन अवसरमा ‘सोनाम ल्होछार सांगेतिक साझ २०२३” याद्खारुचिम १५ EVE हल तेल अविव इजरायलमा आगामी ३ फेब्रुअरी २०२३(शुक्रबार) आयोजन गर्ने भएको छ |
तामाङ समुदायको “धर्म,भाषा,भेषभुषा लिपी, कला, साहित्य, संस्कार, संस्कृतिको संरक्षण तथा सम्बर्द्धनको” मुल उदेश्यले बौद्ध धर्मविधिवद्ध पुजापाठका साथ नेपालबाट आमन्त्रित राष्ट्रिय लोकप्रिय सेलो गायिका जितु लोप्चन तामाङ ज्यु,चर्चित म्हेन्दोमाया गायक हेम वाइबा तामाङज्यु र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ सांगेतिक कार्यक्रम साथै स्वादिष्ट परिकार रात्री भोजन संगै रमाइलो गर्दै मौलिक चाड सोनाम ल्होछार मनाउन लागेको हो |
उक्त कार्यक्रममा इजरायलमा क्रियासिल रूपमा रहेका विभिन्न राजनीतिक, समाजिक, धार्मिक संघ-संस्थाका अध्यक्ष ज्युहरु तथा पदाधिकारी ज्युहरु र इजरायलमा कार्यरत तामाङ तथा गैर तामाङ नेपाली भाषी दाजुभाइ तथा दिदिबहिनीहरु सम्पूर्णमा “सोनाम ल्होछार सांगेतिक साझ २०२३” कार्यक्रममा गरिमामय उपस्थित भइ कार्यक्रमको शोभा बढाइ दिनुहुन नेपाल तामाङ धेदुङ, इजरायल परिवार हार्दिक निमन्त्रणा गरेको छ |