हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलद्वारा तामाङ शैक्षिक कोष अभिवृद्धि गर्ने मुख्य उद्धेश्यका साथ् आयोजित  मंगोलियन हार्ट लाईभ ब्याण्ड सांगितिक कार्यक्रम २०२२ गत शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ |

संस्थाकी अध्यक्ष पेमा लामा पाख्रिन तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावास इजरायलका महामहिम राजदुत कान्ता रिजाल ,बिशेष अतिथिहरुमा नेपाल तामाङ घेदुङ,केन्द्रिय सदस्य सुन्दर सिंह लामा तामाङ(इजरायल),धर्मगुरु लामा थुप्तेन योन्जन तामाङ,नेफिन अध्यक्ष नानीमाया योन्जन , एनआरएनए इजरायल अध्यक्ष गणेश गिरी ,एनआरएनए आईसीसी सदस्य बिशाल ज्ञवाली  (इजरायल) लगायत र इजरायलस्थित विभिन्न संघसंस्थाका अध्यक्ष , मिडियाकर्मी र फोटोग्राफरहरु अतिथ्या रहेका थिए |

कार्यक्रम संयोजक बी बी लामा तामाङले तामाङ शैक्षिक कोष अभिवृद्धि गर्ने मुख्य उद्धेश्यका साथ् आयोजित कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण महानुभावहरुलाई अभिवादन गर्दै स्वागत मन्तव्य राखेका थिए | हाल तामाङ शैक्षिक कोष (इजरायल) मार्फत छ जना बिधार्थीभाइबहिनिहरुलाई निरन्तर छात्रवृद्धि प्रदान गर्दै आईरहेको अवगत गर्दै भविष्यमा यसलाई अझ व्यवस्थित गर्दै स्वदेश र विदेशमा रहेका संघसंस्था सबैलाई आवद्ध गर्दै राष्ट्रिय स्तरको केन्द्रीय तामाङ शैक्षिक कोष स्थापन गर्न केन्द्रीय तामाङ घेदुङकोअगुवामा  छलफल भईरहेको जानकारी दिनु भएको थियो | साथै तामाङ शैक्षिक कोष अविवृद्धि गर्न आयोजित कार्यक्रम सहयोग गर्नु हुने महानुभावहरुलाई  आउँदो सोनाम ल्होछार कार्यक्रममा सम्मान गरिने बताउनु भएको थियो |

कार्यक्रम प्रमुख अतिथि महामहिम कान्ता रिजालले शिक्षा नै महत्वपूर्ण क्षेत्र भएकोले आर्थिक स्थिति कमजोर ,जेहेन्दार,टुहुरा  बिधार्थीहरुलाई छात्रवृद्धि प्रदान गर्ने उद्धेश्य सहित सांगेतिक कार्यक्रम आयोजन गरेकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नु भएको थियो |

बिशेष अतिथि सुन्दर सिंह लामा तामाङले केन्द्र घेदुङले राष्ट्रिय स्तरको तामाङ शैक्षिक कोष स्थापना गर्न पहल गरि रहेको बताउनु भएको थियो |

हाउसफूल सहित दर्शकहरु रहेको कार्यक्रममा करिव दुईघण्टा सम्म निरन्तर लोकप्रिय गायक राजु लामा स्वरमा मंगोलियन हार्ट लाईभ ब्याण्ड सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए |

विश्व जलवायु परिवर्तन विषयक जनचेतना सन्देश मुलुक अभियान लिएर विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुका साथै ६५७४ मिटरको उचाइमा एकल साङ्गीतिक कार्यक्रम सम्पन्न गर्दै विश्व किर्तिमान गर्नु भएकोमा मंगोलिय हार्ट व्याण्डका लोकप्रिय गायक तामाङ समुदाय, नेपाल र नेपालीको पहिचानको गौरव राजु लामालाई साहसिक प्रतिभाको उच्च कदर गर्दै  सम्मान पत्र सहित तामाङ पहिचान घालेक “दोसाल्ला ” ओढाएर सम्मानित गरेका थिए |

नेपाली सांगीतिक क्षेत्रमा तीनदशक अविरलरुपमा नेपाली मौलिक गितसंगितलाई अथाह टेवा दिदै सुमधुर गला र कलाको माध्यमबाट विश्वभरि रहेका करोडौ नेपालीहरुको मन जित सफल प्रतिभाशाली कलाकारहरुको समुह लोकप्रिय सांगेतिक ब्याण्ड “मंगोलियन हार्ट “का गायक (Vocalist) राजु लामा,ब्याण्ड मेनेजर तथा गितारवादक(Band Manager & Guitarist) बबी लामा,गितारवादक (Guitarist) किरण नगरकोटी,ड्रमर वाद्यवादक(Drummer) सन्तोष थापा,बेस गितारवादक(Bass Guitarist) पवन कपाली,
बाँसुरीवादक(Flutist) विनय महर्जन,मादलवादक(Percussion) बाबुराजा महर्जन र साउण्ड इन्जिनियर (Sound Engineer) आशिष अवालेलाई वहाँहरुको प्रतिभाको कदर गर्दै सम्मान पत्र द्वारा सम्मानित गरेका थिए |

यसैगरि नेफिन इजरायलले मंगोलियन हार्ट ब्याण्डलाई सम्मान पत्र द्वारा सम्मान गरेका थिए |

कार्यक्रमको  सभापति  पेमा लामा पाख्रिनले कार्यक्रम सफल पार्न सहभागी सम्पूर्ण महानुभावहरु लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए |

कार्यक्रम संस्थाकी उपमहासचिव कुमारी गल्देन तामाङले कुशलतापुर्वक संचालन गरेका थिए |

समाचार तयारि हुदै गर्दा  कार्यक्रमका लागि इजरायल आउनु भएका मंगोलियन हार्टका कलाकारहरु नेपाल प्रस्थान गरिसकेको घेदुङ इजरायलले जानकारी दिनु भएको छ |

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution