प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन
तेलअविव – प्रवासी नेपाली मंच इजरायलको दोश्रो ऐतिहासिक अधिवेशन जूम भर्चुवल ८ जुलाई शुक्रबार सम्पन्न भएको छ |नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज डा.राजन भट्टराईको प्रमुखअतिथि रहेको थियो |
यसैगरी विशेष अतिथिको रुपमा नेकपा (एमाले) पोलिट ब्यूरो सदस्य पुर्ब उद्योग मन्त्री तथा प्रतिनिधी सभा सदस्य यूवा इन्चार्ज कमरेड महेश बस्नेत प्रवासी नेपाली मंच अन्तरास्ट्रीय कमिटी अध्यक्ष कमरेड भक्त गुरुङ र सचिव रमेश पाण्डेको अतिथ्यतामा अतिथी प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटि सल्लाहकार प्रमुख संजय थापा बिभिन्न रिजनका इन्चार्च राष्ट्रिय कमिटिका अध्यक्ष सचिवहरुको उपस्थित रहेको थियो |
प्रवासी नेपाली मंच इजरायलका अध्यक्ष तिर्थ गौतमको अध्यक्षतामा सचिव मिना चुडालले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तब्य गीता सुबेदीले गर्नु भएको थियो |
प्रवासी नेपाली मंच इजरायलको इभ पार्टी प्यालेस तेलअविवमा भएको दोश्रो अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत ज्योती शर्मा चयन हुनुभएको छ | यसैगरी नयाँ कार्यसमितिमा अध्यक्ष ज्योति शर्मा,उपाध्यक्ष गीता सुवेदी , सचिव मिना चुडाल,उपसचिव पायल कटुवाल,उपसचिव शिवराज खड्का,आर्थिक विभाग प्रमुख पार्बती केसी,महिला बिभाग प्रमुख ठुली चन्द्राकला कोयि राई,यूवा संयोजक धीरंद्र कुमार (समिर) प्रधान,सांस्कृतिक बिभाग प्रमुख नवराज वली,प्रचार तथा प्रकासन विभाग प्रमुख रमेश जोशी चयन भएका छन् |
यसैगरी सदस्यहरुमा अनु तिमल्सिना,नरेन्द्र लामिछाने,जानु जि. सि,गोबिन्द राजथला,रश्मि राई (गुराँस),ईन्दिरा के.सी,गोमा उप्रेती,सिता कोइराला,इबा कार्की,कबिता श्रेष्ठ,जानुका चापागाई र पबित्रा भण्डारी रहेका छन् |