इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै

तेलअविव -इजरायलमा मङ्गोलियन हार्टको ब्याण्ड सहित लाइभ कन्सर्ट हुने भएको छ | नेपाल तामाङ घेदुङ, इजरायलको आयोजनमा आगामी १६ सेप्टेम्बर २०२२ शुक्रबार लाइभ कन्सर्ट गर्न लागेको हो |
नेपालको प्रख्यात ब्यान्ड मङ्गोलियन हार्ट (Mongolian Heart) लाइभ ब्याण्ड सांगितिक धमका कार्यक्रम हुने भएकोले इजरायलमा स्थापित सामाजिक/धार्मिक/संस्कृतिक/ राजनीतिक संघ संस्थाहरु उक्त दिन मिति तिथीमा अन्य कार्यक्रमहरु नराखी दिन हुन घेदुङ इजरायलले हार्दिक अनुरोध गरेको छ ।
नेपाल तमाङ घेदुङ,इजरायल द्वारा २०१८ मा स्थापना गरिएको तामाङ शैक्षिक अक्षयकोष वृद्धि उद्धेश्यका साथ् कार्यक्रम आयोजन गर्न लागेको घेदुङ इजरायलले जानकारी दिएको छ |
शैक्षिक कोषबाट बिगत लामो समयदेखि नेपालका बिभिन्न जिल्लामा शिक्षाको घामबाट बन्चित असहाय,जेहेन्दार तथा अनाथ बालबालिकाहरुलाई छात्रवृत्ति दिदै आइरहेका र कोषवृद्धि भए कोषलाई बृहत र औपचारिकता दिएको छ |
कार्यक्रम सफल बनाउनका निम्ति प्रत्यक्ष, अप्रत्यक्ष,भौतिक,नैतिक र आर्थिक तवरले सहयोग पाउने अपेक्षा राखेको घेदुङ इजरायलले बताएको छ | इजरायलवासी सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुमा गरिममय उपस्थितको लागि हार्दिक निमन्त्रणा गरेको छ |
सन् १९९२ मा स्थापन भएको मङ्गोलियन हार्टको ब्याण्डमा चर्चित ख्यातिप्राप्ति राष्ट्रिय कलाकार राजु लामाको नेतृत्वमा हाल सात जना कलाकार र एक जना प्राविधिक गरि आठ सदस्य रहेका छन् |
हिमालयन टेलिभिजनबाट प्रसारण हुने ‘द भ्वाइस अफ नेपाल’मा निर्णायकको भूमिकामा गायक राजु लामा पछिल्लो अवस्थामा विश्वको उच्च स्थल सागरमाथमा सांस्कृतिक कार्यक्रम आयोजन र सागरमाथ सफल आरोहण गरेकोमा झनै चर्चित भएका छन् |
स्वदेश तथा बिदेशमा हुने कार्यक्रममा व्यस्त राजु लामाको थप नयाँ गितहरुको रेकर्डिङ भईरहेका हुन्छन् |
बाटुलो मुहार, सिल्की कपाल, गोरो वर्ण । हँसिलो स्वभाव । हाँस्दा सेता दाँतका लहर खुल्छन् र गालामा खोबिल्टा पर्छ । मृदुल, मिजासिला अनि मग्न– अर्थात् गायक राजु लामा सहित मंगोलियन हार्ट सबैको प्रिय छन् |