इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने
तेलअविव – इजरायलमा नाफ्टाली बेनेट नेतृत्वको गठबन्धन सरकार ढलेको छ। प्रधानमन्त्री बेनेटले सोमबार टेलिभिजनबाट सम्बोधन गर्दै सरकार जोगाउन नसकेको बताएको थियो |एक वर्षअघि बेनेटले आठ दल सम्मिलित गठबन्धनको सरकार बनाएका थिए |
पछिल्लो समय गठबन्धनका दुई जना सांसद विपक्षी गठबन्धनमा गएका थिए भने केहीले सरकारले ल्याएका विधेयकका पक्षमा मत हालेका थिएनन्।
सरकार चलाउन कठिन भएपछि बेनेटले संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेका हुन्। अहिलेका विदेश मन्त्री याइर लापिड कामचलाउ प्रधानमन्त्री बनाउने बेनेट र लापिड सहमत भएका छन् | आगामी अक्टुबरसम्म इजरायलमा नयाँ चुनाव हुने अपेक्षा गरिएको छ।
अहिलेको गठबन्धन बन्दा नै धेरैले यो लामो समय नटिक्ने अनुमान गरेका थिए। अहिलेका सर्वेक्षणहरूले आगामी चुनावमा पनि नेतन्याहुको लिकुड पार्टीले सबैभन्दा धेरै सिट जित्ने देखाएका छन्।