हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

अभिव्यक्ति स्वतन्त्रता र आम सञ्चारको हक सम्बन्धी टिप्पणी तथा सुझावहरु संविधानसभा समक्ष पेश

भद्रपुर, असार २७।नेपाल पत्रकार महासंघ झापा शाखाले नेपालको संविधान २०७२को प्रारम्भिक मस्यौदामाथि अभिव्यक्ति स्वतन्त्रता र आम सञ्चारको हक सम्बन्धी टिप्पणी तथा सुझावहरु संविधानसभा समक्ष पेश गरेको छ ।

महासंघ झापाले प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलमार्फत संविधानसभामा आज आइतवार उक्त टिप्पणी तथा सुझावहरु पेश गरेको हो ।
महासंघ झापाका अध्यक्ष भीम नेम्वाङले प्रजिअ पौडेललाई टिप्पणी तथा सुझावसहितको पत्र बुझाएको महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा पुगेको महासंघको टोलीले बुझाएको टिप्पणी तथा सुझाव ग्रहण गर्दै प्रजिअ पौडेलले उक्त टिप्पणी तथा सुझावहरु तत्काल संविधानसभामा पठाउने बताए ।

अभिव्यक्ति स्वतन्त्रता र आम सञ्चारको हक सम्बन्धी व्यवस्थामा महासंघ केन्द्रीय समितिले विषय विज्ञसँगको छलफल समेतको आधारमा सुझाव तथा टिप्पणी तयार गरेको थियो । आज आइतवार केन्द्रीय समितिले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र ७५ वटै जिल्ला शाखा, प्रतिष्ठान तथा एशोसिएट संस्थाले प्रमुख जिल्ला अधिकारीमार्फत संविधानसभामा मस्यौदा संविधानमाथि टिप्पणी तथा सुझाव प्रस्तुत गरेका छन् ।

महासंघले संविधानको मस्यौदाको प्रस्तावनाको १६औं हरफमा प्रेस स्वतन्त्रता मात्र उल्लेख भएकोमा आपत्ति जनाउदै ‘पूर्ण प्रेस स्वतन्त्रता हुनुपर्ने’ माग गरेको छ ।

त्यस्तै धारा २२ को २२ स्वतन्त्रताको हकको उपधारा २ प्रतिवन्धात्मक खण्डमा सुधार गर्न माग गरिएको छ । उक्त खण्डमा ‘तर, नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय सुरक्षा वा व्यक्तिको प्रतिष्ठा र मर्यादामा आँच पु¥याउने वा अपराध गर्न दुरूत्साहन गर्ने कार्यमा मनासिव प्रतिवन्ध लगाउने कानुन बनाउन रोक लगाएको मानिने छैन । त्यस्तो कानुन लोकतान्त्रिक मूल्य, मान्यता अनुकूल हुनुपर्नेछ’–उल्लेख गर्न माग गरिएको छ ।

धारा २४ आमसञ्चारको हक उपधारा (१)मा प्रतिवन्धात्मक खण्डमा ‘तर, नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय सुरक्षा वा व्यक्तिको प्रतिष्ठा र मर्यादामा आँच पु¥याउने वा अपराध गर्न दुरूत्साहन गर्ने कार्यमा मनासिव प्रतिवन्ध लगाउने कानुन बनाउन रोक लगाएको मानिने छैन । त्यस्तो कानुन लोकतान्त्रिक मूल्य, मान्यता अनुकूल हुनुपर्ने छ’–उल्लेख गर्न माग गरिएको छ । सोही धाराको उपधारा २ मा जफत गरिने छैन भन्ने वाक्यांशपछि रहेको प्रतिवन्धात्मक खण्ड पुरै हटाउन माग गरिएको छ ।

उपधारा ४ मा ‘ यस संविधानद्वारा प्रदत्त आमसञ्चारको हकमाथि कुनै प्रकारको हस्तक्षेप वा नियन्त्रणको कार्य कानुनबमोजिम दण्डनीय हुनेछ । त्यस्तो कार्यबाट पीडित पक्षलाई कानुनबमोजिम उचित क्षतिपूर्ति पाउने हक हुनेछ’ भन्ने वाक्यांश थप्न माग गरिएको छ ।

धारा ३२ सूचनाको हकमा ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने, प्राप्त गर्ने र प्रवाह गर्ने हक हुनेछ । तर, यस धाराको व्यवस्थाले सूचनाको हकसम्बन्धी कानुनबमोजिम गोप्य राख्नुपर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन’ भन्ने व्यवस्था गर्न माग गरिएको छ ।

धारा १०७ विशेषाधिकारको उपधारा (३)मा उपधारा ३ को सट्टा– ‘संघीय संसदको कुनै सदनको कुनै पनि कारबाहीमाथि त्यसको असल नियतबारे शंका उठाई कुनै टीका–टिप्पणी गरिने छैन र कुनै सदस्यले बोलेको कुनै कुराको सम्बन्धमा जानी–जानी गलत वा भ्रामक अर्थ लगाई कुनै कार्य गर्न पाइने छैन’ भन्ने व्यवस्था गर्न भनिएको छ ।

धारा १८६ उपधारा (३)मा उपधारा ३ को सट्टा– ‘प्रदेशसभाको कुनै पनि कारबाहीउपर त्यसको असल नियतबारे शंका उठाई कुनै टीका–टिप्पणी गरिने छैन र कुनै सदस्यले बोलेको कुनै कुराको सम्बन्धमा जानी–जानी गलत वा भ्रामक अर्थ लगाई कुनै कार्य गर्न पाइने छैन’ भन्ने व्यवस्था गर्न भनिएको छ ।

त्यसैगरी संकटकाल धारा २६८ उपधारा (९) को प्रतिबन्धात्मक वाक्यांशमा धारा २४ को उपधारा (२) साथसाथै उपधारा (३) र (४) थप्नु उपयुक्त हुने सुझाव दिइएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution