अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन
तेलअविव – अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष अनिल सिंह राजपुतको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास इजरायलका तृतीय सचिव प्रदिप सागर गिरि, एनआरएनए इजरायलका प्रतिनिधि प्रथम उपाध्यक्ष सुमी थापा र राष्ट्रिय समुदाय संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो |
साधारण सभाबाट नयाँ कार्यसमितिमा सर्वसम्मत अध्यक्षमा युनिका गुरुङ, वरिष्ठ उपाध्यक्ष राज लिम्बु , प्रथम उपाध्यक्ष कुमार आङ्देम्बे ( अबि )उपाध्यक्ष साबित्री राई, महासचिव स्वास्तिका श्रेष्ठ , सचिव स्वयम सुब्बा, कोषाध्यक्ष कोपिला भट्टराई, सदस्यहरुमा प्रयाग थिङ, पुन्य प्रसाद संकर, जानुका निरौला, मालाती बाग्दास, प्रकाश श्रेष्ठ, जिना सिंह, समिर राई, ज्योति प्रधान, रन्जन तिवारी छेत्री र खुसि निकु चयन भएका छन् |
यसैगरी संरक्षकमा कृष्ण रायमाझी र कादम्बरी दाना श्रेष्ठ, सल्लाहकारमा अनिल सिंह राजपुत, देब बास्कोटा, नेहा गुरुङ र किशोर के चौहान रहेका छन ।