नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन
तेलअविव – नेपाल आदिवासी जनजाति महासंघ इजरायलको दसौ वार्षिकोत्सब तथा साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मिङमार शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतबास इजरायलका कार्यबाहक अर्जुन घिमिरे,विशिष्ट अतिथि संस्थापक अध्यक्ष तेन्जिङ शेर्पा, बिशेषअतिथिहरुमा धर्म गुरु लामा थुप्तेन योन्जन तामाङ , एनआरएन इजरायलका प्रतिनिधि अलि महमत मिया र संरक्षक परिषदका सदस्यहरु, राजनितिक भातृसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरु, नेफिन इजरायलका सल्लाहकारहरु , राष्ट्रिय समुदाय संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु , इजरायलमा क्रियासिल सामाजिक संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, मिडियाकर्मीहरु र इजरायलमा कार्यरत आदिवासी / गैरआदिवासी नेपालीहरुको उपस्थिती रहेको थियो |
साधारण सभाबाट सर्वसम्मत अध्यक्षमा नानीमाया योन्जन तामाङ,वरिष्ठ उपाध्यक्ष डिक कुमार तमू,उपाध्यक्षहरू ज्योती प्रधान,भक्त पुन मगर,छिरिङम्हेन्दो श्याङबा ह्योल्मो,ल्हेमी शेर्पा,महासचिव इन्दु लावती लिम्बू,प्रथम सचिव जमुना थापा मगर (माया ),सचिवहरुमा सोनी तमूस्यो,तुलसा तुम्बाहाम्फे लिम्बु,खेन्दो ओमु ह्योल्मो,रन्जना ग्याबा तामाङ , कोषाध्यक्ष प्रकाश श्रेष्ठ , सहकोषाध्यक्ष पासाङ डोमा शेर्पा चयन भएका छन् |
यसैगरी सल्लाहकारहरूमा निवर्तमान अध्यक्ष मिङ्मार शेर्पा,पेमा लामा पार्खिन तामाङ,खुशी क्ल्हे तमूस्यो,कुमार आङदेम्बे (अबि) लिम्बू
,स्वस्तिका श्रेष्ठ,लिला थापा मगर र समिर श्याङबा ह्योल्मो रहेका छन् भने संरक्षकहरूमा तेन्जिङ शेर्पा,सुन्दर सिंह योन्जन तामाङ,डोमा शेर्पा,निर्मला तमूस्यो,नयन इम्सोङ लिम्बू,तारा कावचा मगर र पेम्बा डोल्मा श्याङबा ह्योल्मो रहेका छन् |