प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै

तेलअविव – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रवास संगठन ‘प्रवासी नेपाली मंच इजरायल’को दोश्रो अधिबेशन हुने भएको छ ।आगामी जुलाई ८ तारिखका दिन हुने दोश्रो अधिबेशनलाई भर्चुअल अनलाइन जुम मार्फत प्रमुख अथिति रहेका एमाले स्थायी कमिटी सदस्य तथा प्रवास विभाग प्रमुख डा.राजन भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको मंचकी सचिव मिना चुँडालले जानकारी दिनु भएको छ |
इजरायलमा क्रियासिल ,सामाजिक राजनीतिक,धार्मिक, क्षेत्रीय’ साहित्यिक श्रमजीवी,न्याय प्रेमी, बुद्धिजीबी,बिध्यार्थी विभिन्न पेशाकर्मी साथै प्रवासमा रहेका आम नेपालीहरुको आसा र भरोसाको संगठन प्रवासी नेपाली मञ्च इजरायल संग आबद्ध सबैजनालाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ |