इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै

तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा सिसेक्पा “तङ्नाम ५०८२ ” को उपलक्ष्यमा नेपालमा रहेका गरिब/जेहेन्दार तथा अपाङ्ग बालबालिकाहरुको शिक्षामा टेवा पुर्याउदै आइरहेको कियाचु इजरायल कल्याणकारी अक्षकोष वृद्धि गर्ने उदेश्यले नेपालबाट आमन्त्रित ख्याति प्राप्त उत्कृष्ट राष्ट्रिय कलाकारहरु मिलन नेवार/प्रकाश सपूत/एकदेव लिम्बू र प्रथम नेपाली कमेडियन च्याम्प्यान COMEDIAN CHAMPION भरत मणी पौडेलको साथमा “सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम आगामी 15 जुलाई 2022 शुक्रबार तेलअविवस्थित Weizmann St 60 Yafo Israel मा रहेको हलमा गर्ने भएको छ |
कार्यक्रम सफल बनाउको निमित्त कार्यक्रममा उपस्थित भई भरपुर मनोरञ्जन लिई आयोजक परिवारलाई साथ सपोट गरिदिन हुन इजरायलमा स्थापित संघ-संस्था, संगठनका नेतृत्व ज्युहरु, समाजसेवी बुद्धिजीवी ज्युहरु, लगायत इजरायलवासी सम्पूर्ण नेपाली नेपालीभाषी दाजुभाइ तथा दिदिबहिनीहरुमा उपस्थितको लागि किराँत याक्थुङ इजराय ल परिवारद्वारा हार्दिक चुले निमन्त्रणा गरेको छ |
लेबेन्स्कीपार्क नयाँ बिल्डिङ अगाडीबाट कार्यक्रम हाल सम्म बसको व्यवस्था रहेको छ |