किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन

तेलअविव – किराँत राई यायोख्खा इजरायलको पांचौं वार्षिक तथा साधारणसभा जुन ६ तारिख (सोमवार) भर्चुअल मार्फत सम्पन्न भएको छ |
साधारणसभाबाट सर्वसम्मत दीप कुमार थुलुङ राई अध्यक्षमा चयन हुनुभएको छ | यसैगरी पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष:-उपेन्द्र सिप्तुङ्खा राई,उपाध्यक्ष:-देव कुमार खालिङ राई,महासचिब:-शौलेन्द्र याम्फू राई,सचिब:-माया पाई,कोषाध्यक्ष :-अमृत दुःमी राई र सदस्यहरुमा ज्ञानु सुनूवार राई रेखा राई र अस्मिता राई चयन भएका छन् |