थप्पड खाएका लामा भिक्षु फुर्वा तामाङको भनाई , खासमा के भएको रहेछ ?

याम्बु -नेपाल तामाङ घेदुङ,संघिय अध्यक्ष मोहन गोले तामाङ कबडी -४ का नायिका मिरुना मगरले आफूमाथि ब्याड टच गरेको भन्दै बौद्ध भिक्षु फुर्वा लामालाई झापड हानेर प्रहरी हिरासतमा राखेका मुगुका भिक्षु लामा फुर्वा तामाङलाई भेट्न प्रहरी हिरासत विशालबजार पुगेका छन् |
वहाँको भनाई अनुसार – म भर्खरै लामा फुर्वा तामाङलाई हिरासतमा राखिएको प्रहरी बृत बिशालबजारमा पुगेर लामलाई पनि भेटे, बृत प्रमुख डिएसपिसंग पनि कुरा गरे ।
लामा फुर्वा तामाङ मुगुका हुन् । उनी १८ वर्षदेखी फर्पिङमा बसेर बौद्ध दर्शनको अध्ययन गरि हाल श्रामणेर भएका रहेछन् । कलाकार दयाहाङ राई आफ्नो मनपर्ने कलाकार भएकोले छुट्टिको बेला फिल्म हेर्न गएको, बाहिर निस्किदा सबैले हिरोनिसंग फोटो खिचेको देखेपछि आफुले पनि सेल्फी फोटो खिच्न लाग्दा पहिलोपटक फोटो हल्लिएर राम्रो आएन । दोस्रोपटक मेडम अलिकति यता आउनुस न भनेर मोबाईल मिलाउदै गर्दा पछाडी बाट धक्का लाग्यो र एउटा हातले उहाँको शरीरमा छुन पुग्यो । त्यसपछि गाली गर्यो, थप्पड मार्यो, कान समाते । कहिल्यै त्यस्तो केशमा नपरेको मान्छे भिड देखेपछि केहि हुने हो कि भन्ने डर लाग्यो । बोल्नु खोजे, आवाज आएन । श्वास रोकियो भनेर बताएका छन् ।