तारा एयरको जहाज दुर्घटनामा तामाङ परिवारका सात जनाको मृत्यु

तेलअविव – आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयर दुर्घटना हुँदा धनुषाका तामाङ परिवारका सात जनाकोमृत्यु भएको छ। विमानमा परि मिर्त्यु हुनेमा मिथिला नगरपालिका-११ लोटाका राजन कुमार गोले तामाङ, उनका बुबा इन्द्रबहादुर गोले तामाङ, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले तामाङ, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका छन् |
उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए। विमान बेपत्ता भएको समाचार आएदेखि नै इजरायलमा कार्यरत पुरुषोत्तम गोले तामाङको दुई छोरीहरु बिन्दु गोले तामाङ र आशा गोले तामाङ चिन्तितमा थिए |
आज दुर्घटनामा परेको जहाज भेटिएपछि स्तब्ध भएकी छिन् | अहिले उनीहरु इमर्जेन्सी नेपाल जाने तयारीमा छिन् | बिन्दु गोले तामाङ संगको सम्पर्कमा परिवारका अभिभावकहरु सबै दुर्घटनामा परेपछि आफुहरु टुहुरो जस्तै भएको बताईन |
आइतबार बिहान १०:१० बाट सम्पर्क विच्छेद भइ मुस्ताङको आकाशमा हराएको तारा एअरको ९ एन एईटी जहाज सोमबार फेला परेको छ। जहाज थासाङ–२ को मानापाथी हिमालको फेदमा सानो सरे भन्ने स्थानको पहाडमा भेटिएको हो । समुन्द्री सतहदेखि माथि झन्डै ४ हजार मिटर उचाइमा तारा एअरको जहाज दुर्घटना भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् ।