राष्ट्रिय नेवा:खल: इजरायलको एघारौ वार्षिकोत्सव तथा साधारण सभा हुदै

तेलअविव – नेवा:समुदायको मौलिक भाषा,लिपि,धर्म,संस्कार-संस्कृति,भेष-भुषा,चाड-पर्व साथै पहिचानको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले प्रवाशी भुमि इजरायलमा इस्बि सम्बत् २०१० मा स्थापित राष्ट्रिय नेवा:खल: इजरायलको एघारौ वार्षिकोत्सव तथा साधारण सभा हुने भएको छ |
आउँदो नेपाल सं. ११४२ बछलागा एकादशी , बि. सं. २०७९ जेठ १२ गते १० जुन २०२२ (शुक्रबार) साँझ ठिक ८:०० बजेदेखि तेलअविव स्थित नोकिया पार्क (नेवा: पार्क)मा हुने संस्थाकी महासचिव ज्योति प्रधानले जनाकारी दिनु भएको छ |
इजरायलमा स्थापित विभिन्न सामाजिक , धार्मिक, राजनीतिक संघ , संस्थाहरुका बुद्धिजीवी महानुभावहरु,मिडियाकर्मीहरु साथै विभिन्न पेशामा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सहभागीताको लागि राष्ट्रिय नेवा खल: इजरायल परिवारद्वारा ब्वना -पौ/हार्दिक निमन्त्रणा गरेको छ |