नेफिन इजरायलको दशौं बार्षिकोत्सव तथा साधारण सभा हुने

तेलअविव – नेपाल आदिवासी जनजाति महासंघ इजरायलको “विश्वका आदिवासी जनजाति एक हौं आफ्नो भेषभुषा, भाषा, लिपी, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं ” भन्ने मुल नाराका साथ दशौं बार्षिकोत्सव तथा साधारण सभा कार्यक्रम गर्ने भएको छ |
आगामी 2022 जुन 17 शुक्रवार(नेपाल संवत् :- ११४२ तछलागा तृतीया) तेलअविव स्थित लेवेन्स्कि 99 (नयाँ विल्डिङ्ग ८ औ तला ) साझ्ँ 7:30 बजे देखि सुरु हुने नेफिन इजरायलकी महासचिव राजकुमारी श्रेष्ठले जानकारी दिनु भएको छ |
२०१२ मा स्थापित नेफिनको दशौं बार्षिकोत्सव तथा साधारण सभा कार्यक्रममा इजरायल स्थित विभिन्न सामाजिक , धार्मिक, राजनीतिक संघ , संस्था संगठनहरु , विभिन्न पेशामा कार्यरत सम्पुर्ण नेपाली दाजु भाई तथा दिदीबहिनिहरु , मिडिया कर्मीहरु, बुद्धिजीवी महानुभावहरुलाई सहभागीताको लागि नेफिन इजरायल परिवार हार्दिक निमन्त्रणा गरेको छ |