इजरायलमा २५६६ औं बुद्धजयन्ती तथा उभौली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम हुने

तेलअविव – नेपाली दुतावास इजरायलले २५६६ औं बुद्धजयन्ती तथा उभौली पर्वको अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरु (खासगरी ईजरायल र साईप्रसवासी) मा सुख, शान्ति मिलोस् भनी कामना व्यक्त गरेको छ |
साथै, यस दूतावासले ईजरायलवासी नेपालीहरुसँगको सहकार्यमा आगामी शनिबार विहान ११:३० बजेदेखि तेल अविव लेवेन्स्की पार्क (HaGdud Halvri 50, Tel Aviv) मा औपचारिक शुभकामना आदान-प्रदान कार्यक्रम गर्न लागेको हुँदा उक्त कार्यक्रममा उपस्थितिका लागि ईजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरु, मिडियाकर्मी लगायत ईजरायलवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक आमन्त्रण गरेको छ |
« इजरायलमा नेपाली राष्ट्रिय कलाकार सहित उभौली साकेला येलेदोंङ ५०८२ भव्य रुपमा मनाउने (Previous News)
(Next News) नेफिन इजरायलको दशौं बार्षिकोत्सव तथा साधारण सभा हुने »