इजरायलमा ग्याल्पो ल्होसार २१४९ भव्यताको साथ मनाउने

तेलअविव – इजरायलमा बौद्धधर्मावलम्बीहरुको महान राष्ट्रिय पर्व २१४९ औं छयु फो ताग ल्हो(जल पुरुष बाघ वर्ग) ग्याल्पो ल्होसार भव्यताको साथ ११ मार्च २०२२ (शुक्रबार) यादखारुचिम-१५ इभ हल, तेलअविवमा मनाउने भएको छ |
“विश्व भरी छरिएर रहेका सम्पूर्ण शेर्पाहरुको एकता, कला,भाषा तथा संस्कृतिको संरक्षण र सम्वर्द्धन आजको आवश्यकता” भन्ने मूल नाराको साथ शेर्पा संघ इजरायलको आयोजनामा शुभ-कामना आदान-प्रदान तथा साँस्कृतिक कार्यक्रम सहित ग्याल्पो ल्होसार मनाउन लागेको हो |
रात्री भोजन सहितको कार्यक्रममा गरिमामय उपस्थितको लागि इजरायल अवस्थित सम्पूर्ण जातीय ,धार्मिक,सामाजिक,राजनैतिक संघसंस्थाहरु,मिडियाकर्मीहरु, शेर्पाहरु तथा गैरशेर्पा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आयोजक संस्था शेर्पा संघ इजरायलले सबैलाई हार्दिक निमन्त्रणा गरेको छ |