हेडलाईन

नेफिन इजरायलको दशौं बार्षिकोत्सव तथा साधारण सभा हुने         इजरायलमा २५६६ औं बुद्धजयन्ती तथा उभौली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम हुने         इजरायलमा नेपाली राष्ट्रिय कलाकार सहित उभौली साकेला येलेदोंङ ५०८२ भव्य रुपमा मनाउने         इजरायलबाट फर्केकाहरु बीच पुनर्मिलन बनभोज कार्यक्रम ११४२         तामाङ घेदुङको नवौं महाधिवेशनबाट अध्यक्षमा पुन : मोहन गोले तामाङ निर्वाचित         इजरायलमा ग्याल्पो ल्होसार २१४९ भव्यताको साथ मनाउने         वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन         तामाङ घेदुङ ६६ बर्षमा प्रवेश,भर्चुअल कार्यक्रम सम्पन्न (पूर्ण भिडियो सहित)         इजरायलमा सोनाम ल्होछार २८५८ च्यान ल्हो भव्यताको साथ मनाइयो         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४५ औं स्मृति दिवश मनाउदै         तामाङ घेदुङको नवौं सङ्घीय महाधिवेशन फागुन भित्रै सम्पन्न गर्ने तयारीमा         तामाङ समाज पोर्चुगलको छैटौं अधिवेशन सम्पन्न,अध्यक्षमा सुजन लामा तामाङ         तामाङ समाज स्विट्ज़रलैंडको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा केरसिङ तामाङ         हार्दिक निमन्त्रणा !         खेलकुद सघं इजरायल गठन,संयोजकमा सुन्दर नेपाल चयन        

वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

याम्बु – वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन असामयिक छ। भक्तपुरको मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि आफ्नै कारमा अल्झिएर लडेको अवस्थामा मृत फेला परेका हो |

प्रहरीका अनुसन्धान अनुसार ६६ वर्षिय लामा आफ्नै गाडीमा अल्झिएर लड्दा मृत्यु भएको हो। प्रहरीका अनुसार कलाकार लामा मंगलबार साँझ ७ बजे मिटिङमा सहभागी हुन भनि बौद्ध गएका थिए। उनी बिहान आफ्नै घर अगाडि मृत फेला परेका हुन्।

‘राति बौद्धबाट फर्किएका थिए। आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले भने।

‘बिहान ७ बजेर ५ मिनेटमा आफन्तले हेर्दा बा ३ च ७७४१ नं. को मारूती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परि टाउको भुईमा जोतिएको अवस्थामा लामा मृत फेला परेका हुन्’, सूचना अधिकारी प्रनाउ राजु पाण्डेले बताएको सेतो पाटीमा समाचार छ |

पाण्डेका अनुसार घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने पनि बिहानमात्र उठेर हेरेका रहेछन्।

‘घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने सुनेका थिए। तर राति उठेर हेरेका रहेनछन्। उहाँ लडेको बिहान मात्रै थाहा भएको हो। एउटा खुट्टा कारमा थियो। जिउँ भुइँमा लडिरहेको थियो। अल्झिए जस्तो देखिन्छ। टाउकोमा चोट लागेको देखिन्छ,’ प्रनाउ पाण्डेले भने।
प्रनाउ पाण्डेका अनुसार अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाले‍ पाँच दशकअघि गायन यात्रा शुरू गरेका थिए।

लामाका कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्‍यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।

एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए।

पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution