तामाङ घेदुङ ६६ बर्षमा प्रवेश,भर्चुअल कार्यक्रम सम्पन्न (पूर्ण भिडियो सहित)

याम्बु – नेपाल तामाङ घेदुङले ख्रेला छेपा गि (माघ शुक्ल प्रतिपदा) पछिको पूर्णिमा तिथि अर्थात् फागुन ४ गते संस्थाको ६६ औ बर्षको अवसरमा “तामाङ आन्दोलनको भावी कार्यदिशा” बिषयक भर्चुअल अन्तरसम्वाद कार्यक्रम सम्पन्न गरेको छ |
तामाङ समुदाय चन्द्र पात्रो अनुसार ल्हो परम्परामा विश्वास गर्ने विक्रम सम्वतले तोकेको मितिमा नभई तिथि बमोजिम परिचालित हुने महाजाति हो ।
६६ वर्ष अघि २०१३ सालमा १३ जना अग्रजहरूको अग्रसरतामा तामाङ समुदायको राष्ट्रिय साझा संस्था नेपाल तामाङ समिती हुँदै नेपाल तामाङ घेदुङको स्थापना भएको हो ।
नेपाल तामाङ घेदुङ संघिय अध्यक्ष मोहन गोले तामाङले घेदुङको इतिहासबारे छोटकारीमा चर्चा गर्नु भएको थियो भने उपाध्यक्ष कुमार घिसिङ तामाङले घेदुङ ६६ औ बर्ष प्रवेश गरेकोमा सबैलाई शुभकामना व्यक्त गरेका थिए |
कार्यक्रमको प्रमुख व्यक्तित्व द्वय घेदुङको पुर्वअध्यक्ष तथा सल्लाहकार पर्शुराम तामाङ र सल्लाहकार डा. मुक्त सिंह लामा तामाङले शुभकामना दिनुहुदै महत्त्वपूर्ण बिचार र सुझाव दिनुभएको थियोे ।
कार्यक्रममा नेपाल ,भारत , इजरायल,साइप्रास,जापान,दक्षिण कोरिया,स्विजरलण्ड,कतार,कुवेत लगायत विभिन्न मुलुकबाट तामाङ संघसंस्थाका प्रतिनिधिहरु तथा तामाङ समुदायको सहभागी रहेका थिए |
घेदुङ महासचिव बाबु घिसिङ तामाङको कार्यक्रम संचालन गर्नुभएको थियो |
नेपाल तामाङ समिती २०१३ का संस्थापकहरु (कार्यक्रमको पूर्ण भिडीयो तल लिङ राखिएको छ,हेर्न सक्नुहुनेछ )
भिडियो