हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

इजरायलमा सोनाम ल्होछार २८५८ च्यान ल्हो भव्यताको साथ मनाइयो

तेलअविव – नेपाल तामाङ घेदुङ, इजरायलको आयोजनामा गत शुक्रबार तेलअविवमा सोनाम ल्होछार २८५८ च्यान ल्हो (बाघ वर्ग) साँस्कृतिक कार्यक्रम भव्यताको साथ् सम्पन्न गरेको छ |

धर्मगुरु लामा थुप्तेन योन्जन तामाङले बौद्धधर्मवलम्वी अनुसार मोलम / पूजापाठको साथमा सुरु गरिएको कार्यक्रम संस्थाकी अध्यक्ष पेमा लामा पाख्रिन तामाङको सभापतित्वमा भएको थियो |

कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास इजरायलका तृतीय सचिब प्रदीप सागर गिरी, विशिष्ट अतिथि धर्म गुरु लामा थुप्तेन योन्जन तामाङ,नेपाल आदिवासी जनजाती महासंघ इजरायलकी अध्यक्ष मिङमार शेर्पा ,विशेष अतिथि एनआरएनए इजरायलका अध्यक्ष गणेश गिरी,संस्थाका संरक्षक परिषदका सदस्यहरू,राजनीतिक ,धार्मिक र सामाजिक संघसंस्थाका अध्यक्षहरु , मिडियाकर्मीहरु अतिथिका रुपमा रहेका थिए |

कार्यक्रममा संस्थाका उपाध्यक्ष मदन नेगि तामाङले स्वागत मन्तव्य राख्नु भएको थियो भने स्वागत गित ल्होछारला ज्यावाडान्बा सारा लामा तामाङले गाउनु भएको थियो |संस्थाका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक एलिजा दोङ तामाङले ल्होछारको महत्त्व बारे प्रकास  पारेकी थिईन् |

कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष एवम् संरक्षक समितिका सदस्य अनिला मोक्तान तामाङलाई तामाङ जातिको भाषा,लिपि,धर्म,भेषभूषा,कला साहित्य,संस्कार र संस्कृतिको प्रवर्द्धन, सम्वर्द्धन र संरक्षण गर्ने कार्यमाप्रवास इजरायल भूमिबाट अतुलनीय योगदान पुर्याउनु भएकोमा तामाङ पहिचान रुपी दोसल्लाह , सम्मान पत्र र खादा लगाई सम्मान गरिएको थियो |

इजरायलमा घेदुङ इजरायल संरक्षक परिषदका सदस्य सुन्दर सिंह लामा तामाङले ” ताम्सालिङ ,ताम्सालिङ ….बोलको गीतमा जोडदार जोसिलो , फुर्तिलो सन्देशमुलक निर्त्य प्रस्तुत गरेका थिए |

कार्यक्रममा स्थानीय  नेपाली कलाकारको भब्य प्रस्तुतीका साथ भरपुर मनोरञ्जन दिएका थिए |कलाकारहरुलाई प्रोत्साहनको लागि कदर पत्र द्वारा सम्मान गरेका थिए |

कार्यक्रममा प्रमुख अतिथि प्रदीप सागर गिरी, विशिष्ट अतिथि मिङमार शेर्पा ,विशेष अतिथि एनआरएनए इजरायलका अध्यक्ष गणेश गिरी,अन्तराष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष बी बी लामा तामाङ, अनिला मोक्तान तामाङ लगायतले ल्होछारको शुभकामना मन्तव्य राखेका थिए |

अन्तमा कार्यक्रमलाई  सफल बनाउन सहयोग गर्नु भएका सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै संस्थाकी अध्यक्ष एवं कार्यक्रमको सभापति पेमा पाख्रिन तामाङले कार्यक्रम समापना भएको घोषणा गरेकी थिईन् |

औपाचारिक कार्यक्रम संस्थाका महासचिव निङमा घिसिङ तामाङ र उपमहासचिव कुमारी गल्देन साथै साँस्कृतिक कार्यक्रम संस्थाकी संरक्षक समितिका सदस्य उर्मिला पाख्रिन तामाङले कुशलतापुर्वक संचालन गरेकी थिइन् |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution