हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तामाङ घेदुङको नवौं सङ्घीय महाधिवेशन फागुन भित्रै सम्पन्न गर्ने तयारीमा

याम्बु – नेपाल तामाङ घेदुङको नवौं सङ्घीय महाधिवेशन फागुन महिना भित्रै सम्पन्न गर्ने तयारीमा जुटेको छ | यसको लागि घेदुङले  नवौं सङ्घीय महाधिवेशनको लागि २०७८ फागुन १५ गतेभित्र प्रतिनिधि दर्ता गरिसक्न घेदुङले सर्कुलर जारी गरेको छ । गत माघ २४ गते बसेको ३० औं सचिवालय बैठकले फागुन ६ गतेदेखि ८ गतेसम्म काठमाडौंमा गर्ने भनिएको महाधिवेशनको तिथि स्थगित गर्दै घेदुङले सर्कुलर जारी गरेको हो ।

यसअघि २०७६ र २०७८ को चैत महिनामा महाधिवेशन सम्पन्न गर्ने मिति तोकेको घेदुङले यस वर्ष कोभिड महामारी सुरु हुनु अगावै महाधिवेशन सम्पन्न गर्नेगरी फागुनको पहिलो हप्ता मिति तोकेको थियो । तर यसवर्ष पुष अन्तिमदेखि नै कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमण बढेर फेरि मिति सार्न बाध्य भएको घेदुङले जनाएको छ ।

कोभिड संक्रमणलाई मध्येनजर गरी नेपाल सरकारले अहिले सभा, सम्मेलन नगर्न र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । कोभिड संक्रमणदर घट्दै गएको हुँदा फागुन महिनादेखि लकडाउनको मोडेल केही खुकुलो हुने आशा गर्दै घेदुङका महासचिव महितकुमार तामाङद्वारा हस्ताक्षरित सर्कुलरमा फागुन मसान्तभित्र जसरी पनि महाधिवेशन सम्पन्न गर्ने बताएको छ ।

फागुनको पहिलो हप्ताभित्र सचिवालय बैठकबाट टुङ्गो लगाउने भएको छ |

यसको लागि घेदुङले फागुन १५ गतेभित्रमा प्रतिनिधि दर्ता गरिसक्ने र त्यसपछि आएको प्रतिनिधि दर्ता नगर्ने निर्णय गरेको छ । घेदुङले संघ, प्रदेश, प्रवास, जिल्ला, भातृसंगठन, विभाग र स्थानीय समिति समेत गरी लगभग ५०० देखि ७०० को हाराहारीमा प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउने आँकलन गरेको छ भने अहिलेसम्म १८७ जना प्रतिनिधि, पर्यवेक्षकको नाम दर्ता भइसकेको कार्यालयको रेकर्डमा देखिन्छ ।

दर्ता भइसकेको प्रतिनिधिको नाम महाधिवेशनमा प्रकाशित बुकलेटमा प्रकाशित हुने भएकोले समयमै प्रतिनिधि दर्ता गर्न घेदुङले सबै समितिहरूलाई ताकेता गरिरहेको छ ।

घेदुङले महाधिवेशनलाई छिटो, छरितो र सहज ढंगबाट सम्पन्न गर्न नीति सम्बन्धी बहसको प्रक्रियालाई करिब करिब टुंगो लगाएको छ । यसको लागि सातवटै प्रदेशमा प्रदेश स्तरीय भेलाको आयोजना गरी गत पुष महिनामै संगठनको सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र विधानको संशोधित मस्यौदाबारे सुझाव संकलन गरिसकेको छ ।

प्राप्त सुझावलाई समेटेर प्रतिवेदन, विधान लगायत नीतिको पक्षलाई अन्तिम रूप दिइने र अब हुने महाधिवेशनमा नेतृत्व चयन मात्रै हुनेगरी सम्पन्न गर्ने घेदुङको तयारी रहेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution