तामाङ समाज पोर्चुगलको छैटौं अधिवेशन सम्पन्न,अध्यक्षमा सुजन लामा तामाङ

याम्बु – तामाङ समाज पोर्चुगलको छैटौं अधिवेशन आइतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मिग्मार लामा तामाङको सभापतित्वमा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि अन्तर्राष्ट्रिय तामाङ परिषद अध्यक्ष काजीमान तामाङ तितुङ, विशेष अतिथि लिस्बनका लागि अवैतनिक नेपाली महाबाणिज्यदूत मकर बहादुर हमाल, एनआरएनए पोर्चुगलका अध्यक्ष रबिन अधिकारी , नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष हेम गुरुङ,अन्तर्राष्ट्रिय तामाङ परिषद युरोपका अध्यक्ष बी बी लामा तामाङ लगायत पोर्चुगलस्थित विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु, तामाङ समुदायका विभिन्न देशका प्रतिनिधिहरुले अधिवेशन उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए ।
अधिवेशनबाट सुजन लामा तामाङको अध्यक्षतामा सर्वसम्मत २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा अध्यक्ष सुजन लामा, उपाध्यक्षहरु उत्तमकुमार तामाङ, दावासङ लामा, दिलमाया तामाङ, सचिव राजु मोक्तान लामा तामाङ, सहसचिव सुरज तामाङ, कोषाध्यक्ष सकुन्तला योन्जन तामाङ, सहकोषाध्यक्ष कमलज्योति लामा तामाङ र १३ जना सदस्यहरु रहेका छन् ।
कार्यक्रम संस्थाका सचिव राजु मोक्तान लामा तामाङले संचालन गरेका थिए भने स्वागत मन्तव्य सहसचिव उत्तमकुमार तामाङ राखेका थिए ।