तामाङ समाज स्विट्ज़रलैंडको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा केरसिङ तामाङ

याम्बु – स्विट्ज़रलैंडमा बसोवास गर्नुहुने तामाङ समुदायले मंजुश्री संवत् २८५८ च्यान ल्हो /बाघ बर्ग सोनाम ल्होसारको उपलक्ष्यमा एभेरेष्ट रेस्टोरेन्ट एस.टी गालेनमा शुभकामना आदनप्रदान र ल्होसार पुजा कार्यक्रम संगै तामाङ समाज स्विट्ज़रलैंडको प्रथम अधिवेशन सम्पन्न गरेको छ |
तामाङ समाज स्विट्ज़रलैंडको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा निर्विरोध केरसिङ तामाङ चयन हुनु भएको छ |
नवनिर्वाचित पदाधिकारीहरुमा अध्यक्ष- केर सिङ तामाङ,उपाध्यक्षद्वय सन्जु तामाङ र गोपाल तामाङ,महासचिव- प्रदिप तामाङ,सचिव- सुनिता तामाङ,कोषाध्यक्ष- माया तामाङ,सदस्यहरुमा इमान तामाङ,डम्बर तामाङ,दुर्गा तामाङ,प्रेम लामा तामाङ,नाङ्गाङ लामा तामाङ,
सृजना तामाङ र विनोद तामाङ रहेका छन् |
यसैगरी सल्लाहकारमा शुभएलमर लामा तामाङ,टंक प्रसाद पाख्रिन तामाङ , ज्ञानेन्द्र घले तामाङ र दावा पाख्रिन रहनु भएको छ | संरक्षकमा दिलिप लामा तामाङ रहनु भएको छ |