खेलकुद सघं इजरायल गठन,संयोजकमा सुन्दर नेपाल चयन

तेलअविव – इजरायलमा बसोवास गर्नुहुने नेपाली भाषी खेलाडीहरुले ‘खेलकुद युवा सघं इजरायल’ गठन गरेका छन् |इजरायलको बिभिन्न भागमा काम गर्दै आइरहेका नेपाली र नेपाली भाषीहरुलाई खेलको माध्यमबाट एकताबद्ध गर्ने उद्देश्यका साथ यस संस्था गठन गरेका हुन् |
इजरायलमा कार्यरत फुटबल खेलाडी सुन्दर नेपालको संयोजकत्वमा गठित ‘खेलकुद युवा सघं इजरायल’ का पदाधिकारीहरुमा कोषाध्यक्ष पुरण लिम्बु र सदस्यहरुमा प्रताप मादेन , कुमार कुमार आङदेम्बे, मनोज गोले तामाङ, प्रवीण लिम्बु, प्रकाश राजबंशी, आइन्द्र योङज्ञ, विजय मगर, सन्दिप भण्डारी, जीवन थान्कलुंग, जनम चेम्जोङ, सन्तोष लिवाङ र दिवस घिसिङ तामाङ रहेका छन् ।
स्वास्थ्यको निम्ति खेलकुद भन्ने नाराका साथ स्थापना भएको ‘खेलकुद युवा सघं इजरायल’ले आगामी बैशाखमा बिभिन्न प्रतियोगीतात्मक कार्यक्रम गर्ने भएको छ ।
बिश्व श्रम दिवसको अवसरमा आगामी मे १३ र १४ तारिखमा लेबेन्सकी फुटसल ग्राउण्ड, तेलअभिवमा फुटसल , महिला,पुरुष भलिबल र मामानेन्ट लगायतका खेलको आयोजना गर्ने भएको छ |
संस्थाले राजनीतिक संगठन देखि सामाजिक,धार्मिक,सांस्कृतिक संघसंस्था,संगठनहरु स्थापित गरि सक्रिय रुपमा बिभिन्न क्षेत्रमा काम गरिरहेकोमा यस संस्थाले स्वास्थ्यलाई मध्येनजर गर्दै खेलकुद प्रतियोगीताको आयोजना गरेको हो ।
प्लारतियोगितालाई सफल पार्न इजरायलमा रहेका सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, बिभिन्न सघंसंस्था,समाजसेबी सबैसगं सहयोगको आह्वान गरेको छ ।