इजरायलमा ह्योल्मो सोनाम लोसार २१४९ ‘छ्यु ता ल्हो’ भव्यताको साथ मनाउने
तेलअविव – ह्योल्मो समाज इजरायलले “ह्योल्मो हाम्रो पहिचान, ह्योल्मो हाम्रो अधिकार” ह्योल्मो भाषा, भेषभुषा, लिपि, कला तथा संस्कृतिको संरक्षण र सम्बर्धन गरौ’ भन्ने मुल नाराका साथ नेपाली राष्ट्रिय पर्व २१४९ औं छ्यु ता ल्हो अर्थात् (पानी बाघ बर्ग) ह्योल्मो सोनाम लोसार २०७८ को पावन अवसरमा आगामी ४ फेब्रुवारी २०२२ (शुक्रबार) तेलअविव स्थित मतलोन ७५ मा रहेको हलमा सोनाम लोसार सांस्कृतिक साँझ २०७८ कार्यक्रमको आयोजना गर्ने भएको छ |
बौद्धधर्म परम्परागत विविधता पुर्वक पुजा, ह्योल्मो संस्कार, संस्कृति, र परम्परा झल्किने सांस्कृतिक कार्यक्रमको साथमा लोसार छेवा चिक् को देर्का (रात्रीभोज) तथा शुभकामना आदानप्रदान साथै इजरायलमा रहनुभएका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने संस्थाकी महासचिव खेन्डो ओमु ह्योल्मोले जानकारी दिनु भएको छ |
कार्यक्रममा इजरायलमा कार्यरत आदरणीय ह्योल्मो आदा, न्हो, आजि, न्होमो लगायत इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजु-भाई तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थितिको निमित्त ह्योल्मो समाज इजरायल परिवारले सविनय अनुरोध सहित हार्दिक निमन्त्रणा गरेको छ |