प्रवासमा रहेका नेपालीलाई नेकपा(एमाले)अध्यक्ष केपी शर्मा ओलीले शुभकामना सन्देश सम्बोधन गर्ने

याम्बु – प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको आयोजनामा अंग्रेजी नयाँ बर्ष २०२२को पावन अवसरमा नेकपा(एमाले)अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्पुर्ण प्रवासी नेपालीहरुलाई सुख,शान्ति दिर्घायु र सम्बृद्दिको लागि जुम अनलाइन भरर्चुल मार्फत् शुभकामना सन्देश सम्बोधन गर्ने भएको छ |
कार्यक्रम आगामी १ जनवरी २०२२ शनिवार नेपाली समय अनुसार दिउँसो ५ बजे जुम भर्चुल माध्यम हुने भएको छ | प्रवासमा रहेको नेकपा (एमाले)को शुभचिन्तक तथा प्रवासमा रहेका सम्पुर्ण नेपाली बुवा,आमा,दाजुभाई तथा दिदिबहिनीहरुलाई समेत उपस्थितिको लागि निमन्त्रणा गरिएको अन्तराष्ट्रिय कमिटी सदस्य तिर्थ गौतमले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
प्रत्येक राष्ट्रिय कमिटीहरुलाई आ-आफ्नो मातहतको देशमा रहेको सदस्यहरु,शुभचिन्तक तथा दाजुभाई दिदिबहिनीहरुलाई उपस्थिति हुन अनुरोधको गर्नको लागि समेत जानकारी गराईएको छ |