तामाङ समाज कतारको नवौँ अधिवेशनबाट अध्यक्षमा शुबास तामाङ सर्वसम्मत चयन
याम्बु – नेपाल प्रवासी तामाङ समाज कतारको नवौँ अधिवेशन दोहा नज्मा स्थित सालिमार होटेलको सभाहलमा तामाङ भाषा लिपी,धर्म,कला,संस्कार,सस्कृति,हाम्रो पहिचान,समावेशी एकता र समृद्ध समाज निर्माणको लागी तामाङ समाज कतारको नवौं अधिबेशन -२०२१ भन्ने मूलनारा सहित सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष धिरेन तामाङको सभापतित्वमा प्रमुख अतिथि नेपाल प्रवासी आदिबासी जनजाती महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवार रहेका थिए ।
नवौ अधिबेशनबाट शुबास तामाङको अध्यक्षतामा नव निर्बाचित कार्यसमिति चयन भएको छ जसअनुसार प्रथम उपाध्यक्ष सन्जय डिम्दुङ तामाङ, द्वितिय उपाध्यक्ष अस्मिता तामाङ,महासचिव: आले लामा तामाङ,सचिव श्री पाख्रिन तामाङ, कोषाध्यक्ष : मोइराम तामाङ,सह- कोषाध्यक्ष शम्सेर तामाङ,सदस्यहरुमा राम चन्द्र तामाङ( ग्याबा),मान कुमार तामाङ,संजय तामाङ पाख्रिन,सितालक्ष्मी तामाङ,भिम बहादुर तामाङ,सोमन पाख्रिन तामाङ,गणेश लामा तामाङ , सक्षम मोक्तान तामाङ ,लक्ष्मीप्रसाद तामाङ,मणिराज स्याङ्तान तामाङ,भिम बहादुर तामाङ,नेत्रबहादुर तामाङ,हर्क बहादुर तामाङ,श्याम लाल तामाङ,माया तामाङ,पबित्रा योन्जन तामाङ र बिनिता लामा तामाङ रहेका छन।
प्रमुख अतिथि लगायतले नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए |