हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

अष्ट्रेलियाकै पहिलो नेपालीमुलकी काउन्सिलर भद्रा वाइबाले तामाङ भेषभूषामै लिईन् शपथ ग्रहण

सिड्नी – गत डिसेम्बर ४ तारिखमा भएको न्यु साउथ वेल्स राज्यको स्थानिय निकायको चुनावमा निर्वाचित नेपालीमूलकी काउन्सिलरले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । गत निर्वाचनमा सिड्नीको क्यान्टबरी ब्याङस् टाउन सिटी काउन्सिलमा नेपालीमुलकी नर्स भद्रा वाइबा तामाङ काउन्सिलर पदमा निर्वाचित हुनु भएको हो । सपथ ग्रहण कार्यक्रममा भद्रा नेपाली पोसाक तामाङ भेषभुसामा सजिएर पुग्नु भएको थियो ।

काउन्सिलका महानिर्देशक म्याथ्यु स्टेवार्डले भद्रा लगायत नवनिर्वाचित काउन्सिलरहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो । सपथ ग्रहणमा पुगेक अन्य काउन्सिलर र सहभागीहरुले भद्राको पोसाकलाई निकै चाख मानेर नियालिरहेका देखिन्थे । आफ्नै भेषभुषामा सजिएर सपथ लिन पाउदा नेपाली हुनुको गर्व महसुस भएको भद्राले बताउनुभयो । निर्वाचन प्रचारप्रसारको अभियान देखिनै नेपाली समुदायका लागि गौरव गर्न लायक काम गर्ने बाचा गर्नुभएका भद्राको सफलताबाट अन्य नेपालीलाई पनि यहाँको राजनीतिमा लाग्न अभिप्रेरणा मिल्न थालेको छ ।

लेभर पार्टीबाट भद्रा दोस्रो वरियताका उमेद्वार हुनुहुन्थ्यो । १५ जना काउन्सिलर पदमा भद्राको पार्टीले ९ वटा सिट जितेको छ । नेपालीमा विद्यार्थी राजनीतिमा सक्रिय भद्रा एक दशकदेखि अष्ट्रेलियाको प्रतिपक्ष दल लेभरमा समेत सक्रिय हुनुहुन्छ ।

को हुन भद्रा ?

भद्रा वाइबा पेशाले रजिष्टर्ड नर्स हुनुहुन्छ । नेपालको वीर अस्पताल र प्रसुती गृहमा झण्डै १८ वर्ष नर्सिङ सेवा गरेर सन् २००८ मा भद्रा अष्ट्रेलिया आउनुभएको हो । सिन्धुली स्थाई घर भएकी भद्राले महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको स्थापना गर्न निकै ठुलो योगदान दिनुभयो । सन् १९९१ मा प्रारम्भिक कमिटिको अध्यक्ष भएर भद्रा कै नेतृत्वमा महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्ववियु स्थापना भएको थियो ।

खासगरी अनेरास्ववियुबाट विद्यार्थी राजनीति गर्नुभएका भद्रा कानुनमा बिबिएल गरेर अधिवक्ता समेत बन्नु भएको छ । भद्रा लेभर पार्टीको पञ्चवल शाखाको सहसचिव पदमा समेत कार्यरत हुनुहुन्छ । सन् २०१३ मा पार्टी प्रवेश गरेदेखि नै भद्रामा दलभित्र बलियो उपस्थिती जनाउदै आउनुभएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution