इजरायलमा सोनाम ल्होछार २८५८ च्यान ल्हो भव्यताको साथ मनाउने तयारी
तेलअविव-नेपाल तामाङ घेदुङ इजरायलले बौद्धधर्मवलम्बीहरुको महान नेपाली राष्ट्रिय पर्व मंजुश्री सम्बत २८५८ तग / च्यान ल्हो (बाघ वर्ग ) सोनाम ल्होछारको पावन अवसरमा आगामी २०२२ फेब्रुअरी ११ तारिख (शुक्रबार) तेलअविव स्थित इभ पार्टी हलमा बेलुका ६ बजेदेखि सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम २८५८ आयोजना गर्ने भएको छ ।
प्रवासमा रहेर पनि आफ्नो धर्म, भाषा, लिपी, कला, साहित्य, संस्कार, संस्कृति,चाड, पर्व, भेषभुषा, रिम्ठिम परम्परा आदिको संरक्षण सम्बर्धन र बिकासको मुल उद्धेश्य लिएर बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम गर्न लागेको संस्थाका महासचिव (शम्भु) निङमा घिसिङ तामाङले जानकारी दिनु भएको छ |
बौद्धधर्म परम्परागत विधिवद्ध संस्कृतिक(पुजापाठ )का साथै इजरायलमा रहेको राष्ट्रिय ख्यतीप्राप्त स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक बेजोड प्रस्तुतिका साथ प्रत्यक्ष नाचगान सांगेतिक कार्यक्रम रात्रीभोज सहित आयोजना गर्न लागेको हो |
इजरायलमा अवस्थित क्रियासिल राजनीतिक,सामाजिक,धार्मिक संघसंस्थाका अध्यक्ष तथा पदाधिकारीहरु र तामाङ/ गैरतामाङ नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनी सम्पूर्णलाई कार्यक्रममा गरिमामय उपस्थितिको लागि संस्थाद्वारा हार्दिक निमन्त्रणा गरेको छ |