इजरायलमा माघ्या सकराटि भव्यताको साथ् मनाउने
तेलअविव – नेपाली राष्ट्रिय पर्व माघे सक्रान्ति (माघ्या सकराटि) नेपाल मगर संघ शाखा इजरायलले सदा झै यसबर्ष पनि भव्य रुपले मनाउने भएको छ ।
इजरायलमा बसोवास गर्ने नेपाली स्थानीय कलाकारहरुबाट पहिचान झल्किने बेजोड प्रस्तुतीको साथ आगामी १४ जनवरी २०२२ शुक्रबार तेलअविव स्थित मातालोन ७५ मा रहेको हलमा ‘माघ्या सकराटी साँस्कृतिक साँझ २०७८’ कार्यक्रम ‘मगर परिकार’हरुको स्वादिष्ट भोजन सहित भब्य रुपमा मनाउन लागेको संस्था द्वारा जानकारी दिएको छ |
मगर समुदायको “भेषभुषा,भाषा,धर्म ,संस्कृतीको संरक्षण एवम बिश्व भरीका मगरहरुको एकता अहिलेको आवश्यकता “”भन्ने मुल नाराका साथ इ स २०१३ मा इजरायलमा स्थापना भएको हो | कार्यक्रममा इजरायलमा रहनुहुने सम्पूर्ण नेपालीभाषी दाजुभाइ दिदीबहिनी तथा इजरायलमा स्थापित सम्पुर्ण संघ ,संस्थाप्रति उपस्थित लागि नेपाल मगर संघ शाखा इजरायलले हार्दिक अनुरोध गरेको छ |