हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन

तेलअविव – नेपाल तामाङ घेदुङ, इजरायलको ऐतिहासिक सातौं एकता दिवस एवं वार्षिकोत्सव तथा अधिवेशन गत शुक्रबार तेलअविवमा सम्पन्न भएको छ |

संस्थाकी अध्यक्ष सिता कुमारी घिसिङ तामाङको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेफिन इजरायलकी अध्यक्ष मिङमार शेर्पा,बिशेषअतिथिमा धर्मगुरु लामा थुप्तेन योन्जन तामाङ,अतिथिहरुमा घेदुङ इजरायलका संरक्षक परिषदका सदस्यहरु नेफिन इजरायलमा अवाद्ध जातीय संस्थाका अध्यक्षहरु, इजरायल स्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, घेदुङ इजरायलका  सल्लाहकारहरु र मिडीयाकर्मिहरु रहेका थिए |

संस्थाको उपाध्यक्ष रोजी मोक्तान तामाङले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नुहुदै स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमबारे वरिस्ट उपाध्यक्ष पेमा पाख्रिन तामाङले प्रकास पारेका थिए |

सातौं अधिवेशनबाट पेमा लामा पाख्रिन तामाङको अध्यक्षमा सर्वसम्मत नयाँ कार्यसमिति चयनको निर्वाचन समितिका संयोजक माया (दीप्मा)मोक्तान तामाङले घोषणा गरेकी थिईन् | जसअनुसार पदाधिकारीहरुमा अध्यक्ष-पेमा लामा पाख्रिन तामाङ वरिष्ट उपाध्यक्ष – एलिजा दोङ तामाङ,उपाध्यक्षहरु  शंकर गोले तामाङ,रोजि मोक्तन तामाङ,गिता घिसिङ तामाङ,आङनिमा तितुङ तामाङ,मदन नेगि तामाङ,महासचिव -निङमा घिसिङ तामाङ,उपमहासचिव – कुमारी गल्देन तामाङ,सचिब- सुनिल रुम्बा तामाङ,कोषlध्यक्ष – अनु स्यङतान तामाङ र सह कोषlध्यक्ष – एजिना घिसिङ तामाङ रहेका छन् |

यसैगरी कार्यसमितिको सदस्यहरुमा  दिवस घिसिङ तामाङ,सुनिमाया तामाङ,पासाङ ल्ह्मु तामाङ,फुर्बा लोप्चन तामाङ, लिलावाती तामाङ
लिजा तामाङ,बिजेयेता तामाङ,रन्जना ग्यबाक तामाङ,बिना तामाङ,निमा खेण्डो तामाङ र जिम्बा माया तामाङ रहेका छन् |

यसैगरी प्रमुख सल्लाहकार – सीता घिसिङ तामाङ,सल्लाहकारहरुमा सुनिता मोक्तान तामाङ,सारा लामा तामाङ,छिरिङ रुम्बा तामाङ
र नानीमाया योन्जन तामाङ रहेका छन् |

यसैगरी संरक्षक परिषदका सदस्यहरुमा बी बी लामा योन्जन  तामाङ,सुन्दर सिंह योन्जन तामाङ,उर्मिला पाखरिन तामाङ,कल्पना मोक्तान तामाङ,माया (दीप्मा)मोक्तान तामाङ र अनिला मोक्तान तामाङ रहेका छन् |

कार्यक्रममा संस्थाको प्रतिवेतन महासचिव निङमा घिसिङ तामाङ र आङनिमा तितुङ तामाङले आर्थिक प्रतिवेतन प्रस्तुत गरेका थिए |

कार्यक्रममा प्रमुख अतिथि मिङमार शेर्पा,घेदुङ इजरायलका संरक्षक परिषदका सदस्यहरु सुन्दरसिंह लामा योन्जन तामाङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो |

अन्तमा सभापति सिता कुमारी घिसिङ तामाङले कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नुहुदै कार्यक्रम समापन भएको घोषणा गरेकी थिईन् |

संस्थाका महासचिव निङमा घिसिङ तामाङ,सचिव कुमारी गल्देन तामाङ र सहसचिव सुनिल रुम्बा तामाङले कुशलतापूर्वक कार्यक्रम संचालन गरेका थिए |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution