इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने
याम्बु – किराँत याक्थुम चुम्लुङ इजरायलले आदिवासी याक्थुङ (लिम्बू ) नेपालीहरूकाे माैलिक महान राष्ट्रिय चार्ड चासाेक तङ्नाम ( उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ आगामी १७ डिसेम्बर २०२१ (शुक्रबार) याद खारुचिम इभ पार्टी प्यालेस हलमा भव्यताको साथ मनाउने संस्थाकी सचिव तुल्सा तुम्बाहाङ्फेले जानकारी दिनु भएको छ |
प्रकृती पुजक याक्थुङ ( लिम्बू ) हरूले चासाेक तङ्नाम ( उधौली/न्वागी पुजा ) याक्थुङ (लिम्बू) हरूकाे सुरुवाती सभ्यतादेखि नै मनाउँदै आएकाे इतिहासमा पाइन्छ | यसकाे अर्थ आफुले लगाएकाे अन्नबाली पाकेर भण्डारण गर्न भन्दा पहिले ती सबै अन्नहरूले अर्को अन्नबाली तयार नभएसम्म सह बसोस, खान पुगाेस, भण्डारण गरेको अन्नहरूमा किरामिरा घुन नलागाेस भनी नयाँ अन्न ग्रहण गर्दा हामीलाई कुनै किसिमको रोग व्याद, हैजा, नलागोस भनी घाम,जुन, धर्ती,आकाश,देवी,देउराली,खाेला नाला आदिलाई पुकारी माङलाई चढाउने प्रचलन परापुर्व कालदेखि नै चलि आएको पाइन्छ |
याक्थुङ (लिम्बु) हरूकाे माैलिक संस्कार,संस्कृति,रीतिरिवाज, आदि बुझ्न र बुझाउन साथसाथै याक्थुङहरूकाे माैलिक नाच ( के लाङ ) धान नाच ( या:लाङ ) लगायत विभिन्न नेपाली सांगीतिक कार्यक्रमकाे मनाेरञ्जन र अन्तमा चर्चित नेपाली डिजे बिपिन तामाङकाे साथमा रम्न रमाउन इजरायलवासी सम्पूर्ण महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक चुले निमन्त्रणा गरेको छ |