इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने
याम्बु – तमू समाज इजरायलले राष्ट्रिय पर्व तमू ल्होसार २०७८ को पावन अवसरमा आगामी ३१ डिसेम्बर २०२१ (शुक्रबार) यादखरुचिम-१५ तेलअविवमा तमू संस्कार संस्कृति र परम्परा झल्किने बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ |
स्योकै (रात्री भोज ), शुभकामना आदानप्रदान साथै इजरायलमा रहनु भएका चर्चित नेपाली कलाकारहरुको बेजोड प्रस्तुति, डिजे धमका सहित ल्वों ल्हो ( गाई वर्ग ) लाई बिदाई गर्दै तो ल्हो ( बाघ वर्ग ) लाई स्वागत गरि “राष्ट्रिय पर्व तमू तो ल्होसार स्योकै तथा सांस्कृतिक कार्यक्रम २०७८” भव्यताका साथ मनाउने भएको छ|
इजरायलमा कार्यरत सम्पूर्ण तमू तथा गैर तमू नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनी म्हिथेब म्हिथेब्स्योहरुमा तमू समाज इजरायलकी महासचिव शान्ति तमूस्योले जानकारी दिनु भएको छ |