तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ
याम्बु – तामाङ समाज स्पेनको बार्सिलोनामा भएको भेलाले कलाकार तथा सामाजिक अगुवा अजय लोप्चन तामाङको अध्यक्षतामा नयाँ नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ ।
नयाँकार्यसमितीको अध्यक्षमा अजय लोप्चन तामाङ,सचिव पानबहादुर बोम्जन तामाङ, कोषाध्यक्ष पंच माया घिसीङ तामाङ, सहकोषाध्यक्ष जयाश्री मोक्तान लामा तामाङ, सदस्यहरुमा रिता घिसीङ तामाङ, सिँ माया वाईबा तामाङ र आईत स्याङ्बो तामाङ रहेका छन् ।
यसैगरी सल्लाहकार संयोजकमा बिनोद मोक्तान लामा तामाङ र सल्लाहकारमा सुजिल गोले तामाङ रहनु भएको छ ।
समाजको पहिलो बैठकले समाजका सदस्यहरुको दुखमा राहत दिने उद्देश्यले समाजका सदस्यको आमा, बुवाको निधन भएमा आर्थिक सहयोग गर्ने निर्णय गरेको अध्यक्ष लोप्चनले जानकारी दिनु भएको छ |
स्पेनमा रहेका तामाङहरुलाई संगठित गर्दै तामाङ समुदायको भाषा,लिपि,भेषभुषा,कला तथा संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने मुख्य उद्धेश्यका साथ तामाङ समाज स्पेनको स्थापना सन् २०१५ भएको हो |