इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै

तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायलले बलिहाङ तङ्नामाको उपलक्ष्यमा मित्रता र एकताको नारा सहित पाँचौ संस्करणको वलिहाङ कप २०२१ आयोजना गर्ने भएको छ |
इजरायलमा रहेका फुटबल खेलाडीहरुको छ टीम सहभागिता रहने आयोजकले जनाएको छ | प्रतियोगितामा प्रथम हुनेले आठ हजार सेकल नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै दोस्रो हुने टिमले ३ हजार ५०० सेकल नगद सहित ट्रफी मेडेल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । त्यस्तै हाइ स्कोर, फेयर प्ले टिम, बेस्ट गोल किप्पर र बेस्ट डिफेन्सलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
खेलमा आयोजक केवाइसी एफसी,राइजिङ स्टार एफसी,माउन्ट एभेष्ट एफसी, कायपलाट एफसी,दार्जिलिङ भेटेरेन एफसी र हाइफा टाइगार एफसीको सहभागिता रहने भएको छ |
आयोजकले खेलकुद प्रेमी इजरायलवासी दाजुभाइ तथा दिदिबहिनीहरुलाई प्रत्यक्ष उपस्थित भएर खेलाडीहरुलाई हौसला सहित खेलको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गरेको छ ।
तेलअविव पार्कवाट खेल मैदानसम्म जानको लागि नि:शुल्क बसको व्यवस्था रहेको छ |